×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आफ्नो पब्लिकेसनको पुस्तक विद्यालयमा पढाउन ‘प्याब्सन’लाई घुस खुवाउनुपर्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘आफ्नो पब्लिकेसनको पुस्तक विद्यालयमा पढाउन ‘प्याब्सन’लाई घुस खुवाउनुपर्छ’

२२ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – झापा व्याप्सनले अनाधिकृत रुपमा विभिन्न पब्लिकेसन हाउसहरुसँग रकम माग गर्ने गरेको तथ्य फेला परेको छ । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेका पाठ्यपुस्तक विद्यालयहरूले रोजेर लगाउन पाउने व्यवस्था भएपनि आफ्नो भवन निर्माणका लागि भन्दै प्याब्सनले गैरकानुनी ढंगले पब्लिकेसनसँग ‘बार्गेनिङ’ गरेको पाइएको छ । 
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार झापा प्याब्सनले निजी विद्यालयमा पुस्तक लगाइदिने भन्दै ४२ वटा पब्लिकेसनसँग रकम माग गरेको  छ । यो वर्षसमेत पब्लिकेसनबाट १५ लाख संकलन भएको झापा प्याब्सन अध्यक्ष कोषकुमार प्याकुरेल स्वीकार्छन् ।
पब्लिकेसनका अनुसार झापाको एक्सेल डेभलपमेन्ट बैँक बिर्तामोड शाखाको प्याब्सनको खाता नम्बर १०४७३मा अनुदानका रूपमा लाखौँ रकम माग गरिएको हो । झापा प्याब्सनले निजी पब्लिकेसनसँग केही दिनअघि तीन–तीन लाख रुपैयाँ मागेको थियो । यता झापा प्याब्सनका अध्यक्ष कोषकुमार प्याकुरेलले सभाहल निर्माणका लागि पब्लिकेसनहरूलाई सहयोग गर्न आग्रह गरेको बताएका छन् । ‘यो हाम्रो निरन्तरता हो, रकम तोकेर अनिवार्य गरेका छैनौँ,’ अध्यक्ष प्याकुरेलले भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी