×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्ट : झूट बोल्ने मामलामापनि ‘नो कम्प्रमाइज’ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शिवम् सिमेन्ट : झूट बोल्ने मामलामापनि ‘नो कम्प्रमाइज’ !

Artha Sarokar

१७ बैशाख २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ‘क्वालिटीको मामलामा ‘नो कम्प्रमाइज’ शिर्षकको ब्रान्डीङ स्लोगन लिएर नेपाली बजारमा आएको शिवम् सिमेन्टक विभिन्न ठगी र बदमासी सार्वजनिक भइरहेका छन् । यसैक्रममा विज्ञापनका आडमा ठगी गर्ने शिवम् सिमेन्टको नयाँ नयाँ कर्तुतहरु सार्वजनिक हुन थालेका छन् भने बिगतमा पनि थुप्रै बदमासी सिमेन्टको ब्रान्डीङका नाममा भएको खुलासा भएको छ । 



भ्रामक विज्ञापन गरेर जनताको आँखामा छारो हालेको खुलासा 


‘नो कम्प्रमाइज’ वाला स्लोगनसहितको ब्रान्डीङ आउनुपूर्व कम्पनीले माथि उल्लेखित विज्ञापन विभिन्न सञ्चारमध्यममा प्रकाशन / प्रशारण गरेको थियो । जुन सरासर झुट थियो । सिमेन्टले भारतको गुणस्तर मापक आइएस्आइ पाउने पहिलो सिमेन्ट कम्पनी भनेर प्रचार गरेको थियो । तर सत्यचाहिं के हो भने त्यसअघि नै धेरै सिमेन्ट उद्योगहरुले भारतको गुणस्तर मापदण्ड प्रमाण चिन्ह पाइसकेका थिए । हेरौं यथार्थमा कसकसले पाएका थिए उक्त आईएसआई :
यसअघि यी कम्पनीले पाएका थिए आईएसआई
क्र स सिमेन्टको नाम सिएमएल नं (भारतमा) भेराइटी /ब्राण्ड
आरएमसी सिमेन्ट, बारा 4035645 पोर्टल्याण्ड स्लाग सिमेन्ट
नेपाल सालिमार सिमेन्ट 4049252 पोर्टल्याण्ड स्लाग सिमेन्ट
जगदम्बा सिमेन्ट 4100003752 पोर्टल्याण्ड स्लाग सिमेन्ट
अरनिको सिमेन्ट 4100009259 ४३ ग्रेड, पोर्टल्याण्ड
नारायणी सिमेन्ट 4100006859 ४३ ग्रेड, पोर्टल्याण्ड
आरएमसी सिमेन्ट, बारा (दोस्रोपटक) 4100004148 ४३ ग्रेड, पोर्टल्याण्ड
नेपाल सालिमार सिमेन्ट (दोस्रोपटक) 4049353 ४३ ग्रेड, पोर्टल्याण्ड
शिवम् सिमेन्ट 4100010850 ४३ ग्रेड, पोर्टल्याण्ड
जगदम्बा सिमेन्ट 4100002548 ४३ ग्रेड, पोर्टल्याण्ड
१० शिवम् सिमेन्ट 4100011448 ५३ ग्रेड, पोर्टल्याण्ड
शिवम् को प्रचार सरासर झुटो : सिमेन्ट उद्योगी 


‘शिवमको सूचनाले हामी पनि छक्क पर्यौं । एउटा सिमेन्ट उद्योगले किन यस्तो झुटो प्रचार गर्छ भन्ने कुरा बुझ्न सकिएको छैन । यो सुचना सरासर गलत र झुठो हो । जनतामाझ भ्रम छर्ने प्रयास गरेको थियो शिवम् ले। सहि कुरा चाहिंके हो भने हामीले पहिलेनै भारत निर्यात गर्न अनुमति पाइसकेका छौं।’ भारत निर्यात गरिसकेको कम्पनी आरएमसी सिमेन्टका संचालक राजेश अग्रवालले अर्थ सरोकार डटकमसँग भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी