Skip to content
LAXMI SUNRISE BANK

शिवम् सिमेन्टको नयाँ शैली, ब्रान्डीङको मामलामा पनि ‘नो कम्प्रमाइज’

अर्थ सरोकार

  •  अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – धेरै कुरालाई ‘नो कम्प्रमाइज’ भनी फरक शैली प्रस्तुत गरिरहेको शिवम् सिमेन्ट यतिबेला ‘ब्रान्डीङ’मा विशेष जोड दिईरहेको छ । साँखुमा लागेको शालीनदी मेलामा मेला भर्न गएकाहरुले पनि शिवम् सिमेन्टको नयाँ शैलीलाइ निकै मन पराएका छन् । मन नपराउन पनि कसरी, आफ्नो प्रस्तुतीमा उसले कुनै पनि ‘कम्प्रमाइज’ गरेको छैन । सिमेन्टले सम्बन्धित ठाउँमा सम्बन्धित कुराको जानकारी मात्र राखेको छैन, बरु हरेक कुरालाई ‘नो कम्प्रमाइज’ भन्दै रमाईलो ढंगले प्रस्तुत गरेको छ ।

शिवम् ले सुरु गरेको यो अभियानसँगै ‘नो कम्प्रमाइज’ भन्ने सिमेन्टको ‘स्लोगन’ मानिसका मुखमा झुण्डीन थालेको पाइएको छ । शालीनदीमा तैनाथ प्रहरीहरुले पनि ‘नो कम्प्रमाइज है’ भन्दै शिवम् ले राखेका बोर्डहरु देखाउन थालेका छन् ।  कुनै सिमेन्टले शालीनदीमा गरेको प्रचार सामाग्री यति रुचाइएको सम्भवत: यो पहिलो पटक हो । यतिसम्मकि शालीनदी परिसरमा घुम्न गएकाहरुले पनि अरु के के कुरामा ‘नो कम्प्रमाइज’ लेखिएको छ भन्दै खोजी हेर्ने गरेको समेत पाइएको छ ।

यहाँसम्म पनि शालीनदी परिसरमा कुरा चल्न थालेको छ कि, लाइनबस्ने ठाउँमा ‘लाइन सभ्यताको मामलामा नो कम्प्रमाइज’, खाजाघरको अगाडी ‘स्वस्थ खानाको मामलामा नो कम्प्रमाइज’ रमाईलो खेल हुने ठाउँमा ‘रमाईलोको मामलामा पनि नो कम्प्रमाइज’ राखे अझै राम्रो हुनेजस्ता थुप्रै ‘नो कम्प्रमाइज’ स्लोगनका सम्भावित अरु ठाउँहरुबारे चर्चा-परिचर्चा हुन थालेको छ ।    

ठाडो विज्ञापन शैली र उदेकलाग्दो होर्डिङ बोर्डदेखि आजित हुने गरेका पर्यटक र शालीनदीका दर्शनार्थीहरुले यो शैलीको खुलेर प्रशंसा गरेका छन् । यो शैलीलाई मेला भर्न गएका धेरैले मन त पराएका छन् नै, ब्रान्डीङको काम गरिरहेका विभिन्न विज्ञापन व्यवसायीहरुले पनि खुलेरै यो शैलीको प्रशंसा गरेका छन् । शिवम् को यो शैली देखेपछि विज्ञापन व्यवसायीलेनै भन्न थालेका छन्, शिवम् ले नयाँ शैली दिएकै हो,  ‘ब्रान्डीङको मामलामा पनि ‘नो कम्प्रमाइज’ !
सरसफाईको मामलामा No compromise
नियम पालनाको मामलामा No compromise
आस्थाको मामलामा No compromise
अनुशासनको मामलामा No Compromise

वातावरण स्वच्छताको मामलामा No Compromise
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK