
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – स्थानीय तहको चुनावमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा (एमाले) सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले चुनावका लागि तयार हुन प्रेस चौतारी नेपाल निकटका पत्रकारहरुलाई निर्देशन दिएका छन् । प्रेस चौतारी नेपाल अन्तर्गतका विभिन्न प्रतिष्ठानहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले वैशाख ३१ मै चुनाव हुने समेत दावी गरे । ‘निर्वाचन हुन्छ कि हुँदैन भन्ने दुई खाले प्रश्न एमालेसँग छैन,’ उनले भने, ‘एक चरणमा हुन्छ कि दुई चरणमा भन्ने पनि एमालेसँग प्रश्न छैन । चुनाव वैशाख ३१मा एकै चरणमा हुन्छ ।’
एमालेले गरेको समानान्तर भेला बारे पत्रकारले राखेको जिज्ञासालाइ सम्बोधन गर्दै उनले भने– ‘एमालेमा महाभारतका पाँच ‘पाण्डव’ जस्ता चार व्यक्ति छन् । यहाँ अझै एकको खोजी भैरहेको छ । पाँच पाण्डव भएपछि पार्टी झन् शक्तिशाली बन्ने छ । अहिले चार पाण्डवहरु कुनै बेला झगडा गरे जसो गर्नुहुन्छ । जब द्रौपतिको चीरहरण हुन थाल्छ । अनि उहाँहरु पाँच पाण्डव जस्तो एक ठाउँ आउनुहुन्छ ।‘कहिले काँहि दाजुभाईको ठाकठुक परेपनि हस्तिनापुर जोगाउने बेलामा उनीहरु एकै ठाउ हुन्थे । एमालेमा पनि यही हो। ‘
साथै उनले सहि समयमा मिडियाको सहि सदुपयोग हुनुपर्ने भन्दै मिडियाकर्मीहरुलाई रोचक र यथार्थप्रक ढंगले समाचार प्रस्तुत गर्न समेत आग्रह गरे । ‘एमाले: एक घर एक रोजगार, माओवादी: एक घर एक छापामार, कांग्रेस एक घर एक भ्रष्टाचार’, कति मिठो कविता बन्यो, यसरी समाचार लेख्नुहोस् ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्