×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेणु र देवीको मतान्तर ३०० मात्र पुग्दा यस्तो बबण्डर ! मतगणना अनिश्चित कालका लागि रोकियो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रेणु र देवीको मतान्तर ३०० मात्र पुग्दा यस्तो बबण्डर ! मतगणना अनिश्चित कालका लागि रोकियो !

Artha Sarokar

१५ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भरतपुर – भरतपुरमा बबण्डर मच्चिएको छ । माओवादी प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातिदिएपछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनाव सिर्जना  हुँदा अहिले मतगणना रोकिएको छ ।

देबी ज्ञवाली र  रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए । मतगणना अन्तिम चरणमा पुगेका बेला मतपत्र च्यातिएपछि तनाव बढेको थियो ।
न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै रहेका दाहालको प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी