
भरतपुर – भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ । राती पत्रकार सम्मेलन गरेर मतगणना स्थागित भएको जानकारी दिइएको हो । मध्यरातमा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन् ।
केही व्यक्तिहरु अनधिकृत रुपले जबर्जस्ती छिरेर मतपत्र च्यातेको उनको दावी छ । मतपत्र च्यातेको भन्दै दुई माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता माओवादी केन्द्रले मत अन्तर घटन थालेपछि एमालेद्वारा परिचालित मानिसहरू पसेर २ सय मतपत्र च्यातेको दावी गरेको छ । मध्यरातसम्म मतान्तर ६ सय भंदा तल भएपछि एमाले आत्तिएको केन्द्रले जनाएको छ । निर्वाचन अधिकृतलाई पिसाब लाग्नु, ऊनी बाहिर जानू र त्याहिबेला मतपत्र चयातिनु संयोग हुन नसक्ने केन्द्रले जनाएको छ ।
यता देवी ज्ञवालीको भने तर्क बेग्लै छ । एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले भने माओवादीले मतपत्र च्यातेको। आरोप लगाएका छन । हार्ने निस्चित भएपछि माओवादीले घटना घटाएको उनले बताए ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्