×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोविन्द गुरुङलाई सीइओ बनाएपछि सिभिल बैंकमा यस्तो लफडा ! कम्पनी सचिवसमेत हटाउन माग !

PRIME CA
GLOBAL IME BANK

गोविन्द गुरुङलाई सीइओ बनाएपछि सिभिल बैंकमा यस्तो लफडा ! कम्पनी सचिवसमेत हटाउन माग !

२४ बैशाख २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सिभिल बैंकका डेपुटी सीइओ रहेका गोविन्द गुरुङलाई सञ्चालक समितिले सीइओमा नियुक्त गरेको भन्दै सिभिल बैंकमा ‘महाभारत’ मच्चिएको छ । गलत व्यक्तिलाइ बैंकको जिम्मा लगाएको भन्दै दुइ दर्जन संथापकहरुले बैंकनै घेराउ गरेपछि बैंकभित्र यस्तो रणसंग्राम भएको हो । केहि दिनअगाडी बैंकको सञ्चालक समितिको बैठकले गोविन्द गुरुङलाई सीइओ बनाएको थियो ।
स्रोतका अनुसार गत बिहिबार करिव २५ जनाको समूहमा बैंक पुगेका संस्थापकहरुले बैंक घेराउ गरेका हुन् । ‘हामी २५ जनाको टोली पुगेका थियौं । हामीले बैंकका अध्यक्षलाई समेत घेराउ गरेरनै भेट्यौं । नत्र उहाँ हामीसँग भाग्न खोज्नुभएको थियो । हामीले आफ्नो कुरा राख्यौं । गोविन्द गुरुङलाई सीइओ बनाउनु गलत थियो र यो निर्णय तत्काल सच्याउनसमेत आग्रह गर्यौं । उहाँले खास प्रतिक्रिया नदिएपनि हाम्रो कुरा पूरै सुन्नुभएको छ । गोविन्द गुरुङलाई तत्काल बर्खास्त नगरे हामी थप चरणका आन्दोलन गर्छौं ।’ बैंक घेराउ गर्न पुगेका संस्थापकहरुमध्येका एक संस्थापकले अर्थ सरोकार डटकमसँग भने ।

कम्पनी सचिवपनि हटाउन माग 
साथै बैंक घेराउ गर्न गएको उक्त समूहले बैंकका कम्पनी सचिव डिल्लीराम श्रेष्ठलाइ समेत पदबाट हटाउन अध्यक्ष सामु माग गरेको छ । बैंक घेराउ गर्न पुगेका एक संस्थापकले अर्को एक प्रसङ्गमा अर्थ सरोकार डटकमसँग भने, ‘बैंकका हालका सीइओ गुरुङसंग सिभिलको सीइओ बन्नसक्ने क्षमतानै छैन । बैंकका कम्पनी सचिवसमेत उक्त ठाउँको लायक छैनन् । यी दुबैलाई कुनैपनि हालतमा बैंकबाट हटाउनुपर्छ ।’
साथै उनीहरुले तत्काल बैंकका सीइओ र कम्पनी सचिवलाइ नहटाए कडा रुपमा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् । ‘हामीले दिएको चेतावनी अध्यक्षले सुन्नुभएको छ । अव कार्वनयन कतिको गर्नुहुन्छ हेर्दै जाउँ । हामी यी दुवै जनालाई कुनै पनि हालतमा हटाउनुपर्ने कुरामा स्पष्ट छौं ।’ अध्यक्षसंगको कुराकानीमा सहभागी एक संस्थापकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा अर्थ सरोकार डटकमसँग भने ।
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: