×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुगु : प्रहरी सुरक्षा घेराकाबीच शोबा मतदान केन्द्र विप्लव माओवादीको कब्जामा !

LAXMI SUNRISE BANK

मुगु : प्रहरी सुरक्षा घेराकाबीच शोबा मतदान केन्द्र विप्लव माओवादीको कब्जामा !

३० बैशाख २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल कम्युनिष्ट पार्टीले मुगुको एक मतदान केन्द्र कब्जा गरेको छ । मुगुको राराछायानाथ नगरपालिका वडा नम्बर १२ स्थित प्रहरी सुरक्षा घेराको बीचमा रहेको शोबा मतदान केन्द्र कम्युनिष्ट पार्टीले कब्जामा लिएको हो । घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी सारदा प्रसाद चौधरीले मतदान केन्द्रमा तोडफोड समेत भएको बताएका छन् । 
‘मतदान केन्द्रको सुरक्षामा प्रहरी खटिएको थियो तर, उनीहरु धेरैको संख्यामा आएकाले प्रतिकार गर्न सकिएन ।’ डिएसपी चौधरीले भने – ‘ मतदान केन्द्रमा तोडफोड पनि भएको छ । उनीहरुको खोजीकार्य सुरु गरका छौं ।’ 
यता नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नीति अनुसार नै मतदान केन्द्र कब्जामा लिएको बताउदै त्यहि नीति अनुसार प्रहरीको हतियारलाई भने त्यहि छोडिदिएको बताएको छ ।
स्थनीय चुनावको १ दिन मात्र बाकीं रहदा कम्युनिष्ट पार्टीले बम बिस्पोट, मतदान स्थान कब्जा र उम्मेदवारहरुलाई नियन्त्रणमा लिने लगाएतका गतिविधि बढाएको छ । स्थानीय चुनावलाई मध्यनजर गर्दै गृहमन्त्रालयले कडा सुरक्षा व्यवस्था मिलाएको बताए पनि स्थित नियन्त्रण बाहिर रहेको विश्लेषकहरुको भनाई छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी