
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पोखराको बैंककाण्डले सीइओंका हैसियतले निकै नै विवादमा परेपछि आफ्नो कार्यकाल कृष्णराज लामिछानेले नथपेपछी कैलास विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा अमृतचरण श्रेष्ठले मंगलबारदेखि कमान सम्हालेका छन्। ३० बर्षे बैंकिङ अनुभव भएका श्रेष्ठलाई बैंक सञ्चालक समितिले चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।
श्रेष्ठ नेपाली बैंकिङ क्षेत्रमा निकै धमिलो छवि बनाएका बैंकर हुन् । यसअघि एनसीसी बैंकमा हुँदा वीरगञ्जको कृष्ण मोर्डन दाल उद्योगलाई कमसल धितोको अधीक मूल्यांकन गरी दिएको ८ करोड रुपैयाँ कर्जा नउठेपछि श्रेष्ठकाविरुद्धमा राष्ट्र बैंकमा उजुरी परेको थियो । धितो कमशल भएका कारण धितो लिलामीबाट बल्ल तल्ल कर्जाको ५० प्रतिशतमात्रै उठ्ने अवस्था थियो भने श्रेष्ठले ऋण दिएका कृष्ण मोर्डन उद्योगका लगानीकर्ता सम्पर्कविहीन अवस्थामा थिए । राष्ट्र बैंकको सञ्चालक समितिमा सीइओ श्रेष्ठलाई ५ लाख जरिवाना र ५ वर्ष बैंकिङ क्षेत्रका कुनै पनि पदमा बस्न अयोग्य हुने गरी कारवाही गर्न प्रस्ताव गरिएको थियो।
यता एनसीसी बैंकमा घोटाला गरेका व्यक्ति कैलाश बिकास बैंकमा सीइओका रुपमा आएपछी कैलाशका सेयरहोल्डर र निक्षेपकर्ता त्राहिमाम् बनेका छन् । ‘झन्डै एउटा ब्रान्च मेनेजरले डुबाएको थियो । अहिले त झन् एनसीसी बैंक झन्डै डुबाएको व्यक्ति कैलाशमा आए । अव त पैसा राख्न निकै रिस्क हुन्छ ।’ कैलाश बिकास बैंकका एक निक्षेपकर्ताले अर्थ सरोकार डटकमसँग गुनासो पोखे । उनका अनुसार एनसीसी बैंक झन्डै डुबाएका व्यक्ति कैलाशमा ल्याएर कैलाशको सञ्चालक समितिले निकै ठुलो गल्ती गरेको छ । यो गल्तीको एकदिन ठुलो पछुतो हुनेसमेत उनको दावी छ ।
यता कैलाशका सेयरहोल्डरहरुपनि अव कैलाशको भविष्य राम्रो नभएको दावी गर्छन् ।’ मान्छे राम्रो भएको भए कमर्सियल बैंकको सीइओ भएको व्यक्ति किन बिकास बैंकको सीइओ हुन आउंथे र ? बैंकको स्थिति खराब हुने पक्का छ ।’ उनले भने ।
(हामी कैलाशका सीइओ श्रेष्ठका पूराना काण्डहरु र एक-एक कर्तुतहरु धारावाहिक रुपमा प्रस्तुत गर्दै जानेछौं ।- सम्पादक)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्