×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राधिकरणलाई नाफामा लैजाने कुलमानको योजनामा अर्थको तगारो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्राधिकरणलाई नाफामा लैजाने कुलमानको योजनामा अर्थको तगारो !

Artha Sarokar

१२ जेष्ठ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं- निरन्तर घाटामा रहेको नेपाल विद्युत्त प्राधिकरणलाई नाफामा लैजाने योजना अर्थ मन्त्रालयको असहयोगका कारण सफल नहुने भएको छ । घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानेगरी अर्थ मन्त्रालयमा गरेको दोस्रो वित्तीय पुनर्संरचना प्रस्तावमध्ये अधिकांशलाई स्वीकृति नदिएपछि यस्तो अवस्था देखिएको हो ।
आव ०६७/६८ मा सरकारले विद्युत्त प्राधिकरणको २७ अर्ब अपलेखन गरिदिएपछिको चार वर्षमा ३७ अर्ब ६० करोड सञ्चित घाटाका पुगेको प्राधिकरणले चालू वर्षदेखि नै प्राधिकरणलाई नाफामा लैजान सक्ने भन्दै प्रस्ताव गरेको थियो । तर, अधिकांश प्रस्तावलाई अर्थले स्वीकृति नदिएपछि प्राधिकरणलाई नाफामा लैजान असहज भएको कारोबार दैनिकले लेखेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्थ मन्त्रालयमा पेस गरेका प्रस्तावमध्ये केहीमा सकारात्मक निर्णय गरिएको र यही आधारमा नाफामा लैजान गाह्रो रहेको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी