Skip to content
LAXMI SUNRISE BANK

एमालेले मानेन मौनअवधिको आचारसंहिता ! शुक्रबारपनि फेसबुकमा पार्टीको खुलेआम प्रचार !

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बिहिबार राती १२ बजेबाट मौन अवधि सुरु भएको भएपनि नेकपा एमालेले भने मौन अवधिको अचारसंहिता मिचेको छ । पार्टीले आफ्नो आधिकारिक फेसबुक पेजबाट नेकपा एमालेलाई भोट हाल्नुपर्छ भन्ने आशयको भिडियो बुस्ट गरिरहेको छ । फेसबुकमा पैसा तिरेर यसरी बुष्ट गरिएको भिडियो अहिलेपनि लाखौँ फेसबुक प्रयोगकर्तामाझ पुगिरहेको छ ।  
नेकपा एमालेले सेयर गरेको उक्त भिडियोको कमेन्टमा समेत धेरै फेसबुक प्रयोगकर्ताले एमालेले नियम मिचेको भन्दै विरोध गरेका छन् । निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा सामाजिक संजाललगायत कतैपनि पार्टीको प्रचार गर्न पाइदैन ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK