
काठमाडौं – किर्ते कागजात तयार पारेर नेबिल बैंकले योजनाबद्ध तरीकाबाट इन्जिनियर फँसाएको आरोप लागेको छ । ऋण स्वकृती गर्दा जग्गाधनीसँग मिलामतो गरी बैंक आफैले किर्ते डकुमेन्ट तयार पारी उक्त डकुमेन्टको आधारमा मूल्याङकन गर्ने इन्जिनियरलाई मात्र कुनियत राखी फँसाएको आरोप नेपाल भ्यालुयर्स एसोसिएशनले लगाएको हो । बैंकले उपलब्ध गराएको ब्लु प्रिन्ट, टेस पेपर र नक्सा बमोजिम जग्गाको मूल्याङकन गर्दै आएको एसोसिएशनले बैंकले आफूहरूलाई किर्ते कागजात दिएको दाबी गरेको छ ।
१४ वैशाख २०६४ मा चलानी नम्बर ९८० राखेर पठाएको पत्रमा भक्तपुरमा रहेको कित्ता नम्बर ८३१ को एक रोपनी दुई पैसा जग्गाको मूल्याङ्कन गर्दा बैंकले नक्कली कागजात दिएको दाबी एसोसिएशनको छ । उक्त जग्गाको कागजात नक्कली हुँदाहुँदैपनि यथोचित छानबिन नगरी एकतर्फी श्रेष्ठ कन्सलटेन्टलाई कालोसूचीमा राख्ने र श्रेष्ठ कन्सलटेन्टका इन्जिनियरलाई जबरजस्ती मुद्दा चलाएको आरोप एसोसिएशनले लगाएको छ ।
ऋण दिँदा बैंकले सुरक्षण बापत लिने धितो सम्बन्धी कागजातहरू जाँचबुझ गरी वास्ताविक स्थिती बुझि आफ्नै कर्जा शाखा विभागका कर्मचारी खटाई स्थलगत निरक्षण गरीएको प्रतिवेदनका आधारमा उचित ठहराएमा सम्बन्धित कन्सल्ट्यान्ट इन्जिनियरलाई सो कागज धितो मूल्याङकन गर्न दिने हुँदा किर्ते कागतात भए नभएको इन्जिनियरलाई पत्तो नहुने बैंकका कर्मचारीनै बताउने गर्छन् ।
ऋण प्रभाव गर्दा बदमासी बैंककै कर्मचारीबाट हुने गरेको ठहर उनीहरूको छ । नबिल बैंकमा पनि आफू बच्न इन्जिनियरलाई फँसाएको आरोप कर्मचारीको छ । एसोसिएशनले ऋण दिँदा पेश भएको कागजात किर्ते भएको ठहर भईसक्दा पनि त्यसको सत्यतथ्य छानविन नगरी एक तर्फी रूपमा कन्सल्टेन्टलाई मात्र कारवाहीको दायरामा ल्याएपछि यसमा बैंकका निर्देशकहरूको पनि मिलोमतो हुन सक्ने आशंका गरेको छ । किर्ते कागजात कसरी र कसले ल्यायो भन्ने तर्फ अनुसन्धान नगरी एकतर्फी रूपमा इन्जिनियरलाई दोष थुपार्दै फैजदारी मुद्दा लगाएको भन्दै एसोसिएशनले विरोध गरेको छ ।
यो पनि पढ्नुहोस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्