
- अर्थ सरोकार सम्बाददाता
चितवन – स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु नेपाली काँग्रेस र माओवादी केन्द्रबीच काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकामा चुनावी तालमेल भएसँगै काँग्रेसका कार्यकर्ताहरु नेतृत्वसँग गुनासो पोख्न थालेका छन् । काठमाडौं र पोखराको मेयरमा माओवादी केन्द्रले काँग्रेस उम्मेदवारलाई समर्थन गरेका छन् भने भरतपुरमा भने काँग्रेसले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गरेको छ । तर भारतपुरका कांग्रेसी कार्यकर्ताहरु भने माओवादीलाई भोट नहाल्ने भन्दै नेतृत्वले गरेको निर्णय आफुलाई मान्य नभएको प्रतिक्रिया दिन थालेका छन् ।
‘दिलमा रुख छ, यी हातले माओवादीलाई भोट कसरी हाल्नू ?’
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी रेणु दाहाललाई भरतपुरको मेयरमा छाड्ने टुंगो काँग्रेसको केन्द्रीय तहबाटै लागेपछि काँग्रेसका स्थानीय कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । ‘दिलमा रुख छ, यी हातले माओवादीलाई भोट कसरी हाल्नू ? माओवादीलाई भोट दिन त के सोच्दा पनि चित्त दुखेर आउँछ’ एक कार्यकर्ताले अर्थ सरोकार डटकमसँग भने । बिहीबारदेखि नै काँग्रेस कार्यकर्ताले सुरु गरेको विरोध शुक्रबार पनि कायम छ ।
सभापतिको पुत्ला जलाइयो !
यसैबीच नेतृत्वले आफुलाई ढोका दिएको भन्दै भरतपुरका कांग्रेसी कार्यकर्ताहरुले सभापति शेरबहादुर देउवाको पुत्लासमेत जलाएका छन् । कुनैपनि हालतमा आफुहरुले माओवादीलाई भोट हाल्न नसक्ने भन्दै उनीहरुले यस्तो विरोध गरेका हुन् । भरतपुरका कांग्रेसी कार्यकर्ताको यो व्यवहारले कांग्रेसी कार्यकर्ताले माओवादीलाई भोट नहाल्ने र यहि कारण माओवादीकी उम्मेदवार कमजोर हुने सरोकारवालाहरुको भनाइ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्