Skip to content
LAXMI SUNRISE BANK

पन्चकन्या समूहमा राजश्वको छापा !

अर्थ सरोकार

राजस्व अनुसन्धान विभागले पञ्चकन्या समूहले सञ्चालनमा गरेको विटुमिन तथा ब्यारेल उद्योगमा राजस्व विभागले छापा मारेको छ । विभागले मूल्य अभिवृद्धि कर र आयकर छलेको आरोपमा पञ्चकन्या समूहकोे कागजात नियन्त्रणमा लिएको हो । राजस्व अनुसन्धान विभागले करछलीको आशंकामा पञ्चकन्या समूहद्वारा सञ्चालित ललितपुरस्थित नेपाल विटुमिन तथा ब्यारेल उद्योग कार्यालय तथा अमलेखगञ्जस्थित कम्पनीको कारखानामा छापा मारी कागजातहरू सिलबन्दी गरेको छ । 
समूहले आर्थिक वर्ष २०७१/०७२ को कम्पनीको नाफा/नोक्सान तथा वासलातमा देखाइएको अन्तिम मौज्दात १८७९ मेट्रिक टन विटुमिनको स्टकमध्ये करिब १६५० मेट्रिक टनको हुने १४ करोड ८५ लाख बिक्री मूल्यबराबरको विटुमिनमा मूल्य अभिवृद्धि करविना नै बिक्री गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागले आरोप लगाएको छ । उक्त कार्यमा नेपाल विटुमिन तथा ब्यारेल उद्योगका प्रबन्धसञ्चालक तथा कारखाना सञ्चालकको मिलोमतोमा राज्यलाई नोक्सानी पु-याएको आरोप लागेकोले राजस्व अनुसन्धान विभागले छापा मारेको हो । आर्थिक दैनिकमा खबर छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK