
राजस्व अनुसन्धान विभागले पञ्चकन्या समूहले सञ्चालनमा गरेको विटुमिन तथा ब्यारेल उद्योगमा राजस्व विभागले छापा मारेको छ । विभागले मूल्य अभिवृद्धि कर र आयकर छलेको आरोपमा पञ्चकन्या समूहकोे कागजात नियन्त्रणमा लिएको हो । राजस्व अनुसन्धान विभागले करछलीको आशंकामा पञ्चकन्या समूहद्वारा सञ्चालित ललितपुरस्थित नेपाल विटुमिन तथा ब्यारेल उद्योग कार्यालय तथा अमलेखगञ्जस्थित कम्पनीको कारखानामा छापा मारी कागजातहरू सिलबन्दी गरेको छ ।
समूहले आर्थिक वर्ष २०७१/०७२ को कम्पनीको नाफा/नोक्सान तथा वासलातमा देखाइएको अन्तिम मौज्दात १८७९ मेट्रिक टन विटुमिनको स्टकमध्ये करिब १६५० मेट्रिक टनको हुने १४ करोड ८५ लाख बिक्री मूल्यबराबरको विटुमिनमा मूल्य अभिवृद्धि करविना नै बिक्री गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागले आरोप लगाएको छ । उक्त कार्यमा नेपाल विटुमिन तथा ब्यारेल उद्योगका प्रबन्धसञ्चालक तथा कारखाना सञ्चालकको मिलोमतोमा राज्यलाई नोक्सानी पु-याएको आरोप लागेकोले राजस्व अनुसन्धान विभागले छापा मारेको हो । आर्थिक दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्