मंगलबार सामाजिक संजालभरि चर्चित पत्रकार रवि लामिछाने छाए । लगातार ६२ घण्टा १२ मिनेट टक शो सञ्चालन गरेर गिनिज बुकमा किर्तिमानी नाम लेखाएका पत्रकार लामिछानेले प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहालले स्थानीय निर्वाचनमा जिते अाफूले काम गर्ने टेलिभिजन स्टुडिअाेमै अात्महत्या गर्छु भनेकाे कुरा निकै चर्चामा अायाे ।
लामाे समय यसरी उक्त कुराले हल्लीखल्ली मच्चाएपछि अन्तत पत्रकार रवि लामिछानेले त्यसबारे अाफ्नाे मुख खाेलेका छन् । उनले ‘चितवनको भरतपुरमा रेणु दाहालले जिते म टेलिभिजन स्टुडियोमै आत्महत्या गर्छु’ भनेर आफूले नभनेको कुरा प्रष्ट पारेका छन् ।
लामिछानेले फेसबुक र ट्वीटरमा ‘चितवनको भरतपुरमा रेणु दाहालले जिते म टेलिभिजन स्टुडियोमै आत्महत्या गर्छु’ भन्ने स्टाटस लेखेकाे भन्दै साे कुरा सामाजिक सञ्जालमा भाइरल बनेकाे थियाे । दिनभरि साे हल्लाकाे भाइरल बनेपछि लामिछानेले साँझपख मात्र साे कुराबारे स्पष्ट पारेका छन् ।
उनले फेसबुक स्टाटस लेख्दै भनेका छन् – ‘यो हल्लाको खन्डन आजको कार्यक्रममा गर्ने छु। दरिद्र मानसिकताको हद नाघेकाहरुसग डराउने मान्छेमा म पर्दिन। जनताले सहि र गलतको मुल्याकन गरिहाल्छन् नि।’

साथै उनले कसैले अाफ्नाे चरित्र हत्या गर्न यस्ताे षड्यन्त्र रचेकाे पनि बताएका छन् । कसरी आयो यो कुरा सामाजिक सञ्जालमा ? लामिछानेले सोमबार बेलुका न्युज २४ टेलिभिजनमा ‘एक्जिट पोल’ कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा लामिछानेले आफ्ना सहायक प्रस्तोतासँग भरतपुरको सम्भावित मतपरिणाम र गठबन्धनबारे बहस गरेका थिए ।
उनले निर्वाचनमा सँधै प्रतिपक्षीलाई आरोप लगाउने सुविधा हुने बताएका थिए । तर उनको कुरा बंग्याएर मंगलबार बिहानबाटै उनले ‘आत्महत्या गर्छु’ भनेको भन्ने पोस्ट भाइरल भयो । लामिछानेको धारणा भनिएको विषयलाई लिएर माओवादी केन्द्रका समर्थकले उनीविरुद्ध तीव्र असन्तुष्टि आक्रोश पोखे । सामाजिक सञ्जालबाट उनले आलोचना र गाली पनि खाए ।
तर, पत्रकार लामिछानेले मंगलबार साँझ आफूले त्यसो नभनेको स्पष्ट पार्दै भने– ‘हावादारी कुरा हो, केही भनेकै छैन, लाइभमा त्यस्तो कसले भन्छ र ?’ उनले आफ्नो धारणाबारे टेलिभिजन कार्यक्रमबाटै स्पष्ट गर्ने समेत बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्