
भरतपुर महानगरपालिकाको मतगणना जारी छ। २९ मध्ये १६ वडाको मत गनिसक्दा एमालेका मेयर उमेद्वार देवी ज्ञवाली ३ हजार भन्दा बढी मतले अघि छन्। मतगणनामा घरि कांग्रेस र माओवादी केन्द्रकी साझा उमेद्वार रेणु दाहाल घरि ज्ञवालीले महानगरको मतगणनामा अग्रता लिँदै आइरहेका छन्। यी दुवैको तीव्र प्रतिष्पर्धाले त्यहाँको मतगणना रोचक बन्दै गइरहेको छ।
अन्तिम मतपरिणाम ज्ञवाली वा दाहाल कसका पक्षमा जान्छ भन्नेमा सबैका आ–आफ्नै विश्लेषण छन्।
यसैबीच कांग्रेस र माओवादी केन्द्रकी मेयर उमेद्वार रेणु दहालले आफैंले यो चुनाव जित्ने दावी गरेकी छिन।
‘म चितवनकै छोरी हुँ यहाँ मेरो आवश्यकता भएकाले यहीँ आएँ। अब यहाँकै जनताका लागि काम गर्नेछु, यही केही गर्नेछु,’ उनले भनिन्।
अहिलेसम्म वडा नम्बर १ देखि १२, २८ र २९ मा मतगणना सकिएको छ। यी वडा एमाले सांसद कृष्णभक्त पोखरेलको क्षेत्र भएकाले पनि आफूलाई मत कम आउने पहिलेदेखि अनुमान भएको उनले बताइन्।‘अहिलेसम्म एमाले प्रभाव क्षेत्रमा मत गणना भइरहेको थियो। अब हाम्रो प्रभाव क्षेत्र सुरु हुन्छ,’ उनले भनिन् ‘मैले नै जित्छु। प्रतिस्पर्धा तीव्र भएकाले भारी मतान्तर भने हुन गाह्रो छ। सामान्य बहुमतले मैले नै जित्नेमा म ढुक्क छु।’
अब मत गन्ने वडाहरु १३, १४, २४ र २५ मा आफ्नो प्यानल नै आउने उनको दाबी छ। १५ देखि २१ सम्म कांग्रेसको प्रभाव हुने भएकाले पनि त्यहाँ आफ्नो मत धेरै आउनेमा उनी ढुक्क देखिन्छन्। २६ वडामा पनि राम्रो मत पाउने उनले बताइन्। यो वडा दिव्यनगर क्षेत्र पर्छ। कांग्रेसको प्रभाव भएको र यहाँ आफ्ना मतदाता पनि कम नभएको उनको जिकिर छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्