Skip to content
LAXMI SUNRISE BANK

काठमाडौंमा विद्यासुन्दरको तहल्का, बृद्ध भत्ता १२ हजार, मिटरमा नगुड्ने ट्याक्सी कारबाहीमा

अर्थ सरोकार

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले काठमाडौँ महानगर भित्रका जेष्ठ नागरिकलाई १२ हजार बृध भत्ता दिने निर्णय गरेका छन् ।
चुनावी अभियानको क्रममा काठमाडौं महानगरपालिकाभित्र बस्ने जेष्ठ नागरले पाउँदै अाएको भत्तामा वृद्धि गर्ने प्रतिवद्धता जनाएका थिए ।
बिद्यासुन्दरको प्रतिबद्दता अनुसार मंगलबार बसेको कार्यापालिकाको बैठकले ८८ वर्ष उमेर पुगेका वरिष्ठ नागरिकहरुलाई १२ हजार दिने निर्णय गरेको हो । यसअघि १० हजार दिइदै अाइएको थियो ।
त्यसैगरी बैठकले काठमाडौँका सडकमा सवारी भीड तथा प्रदूषण नियन्त्रण गर्न भूकम्पपीडितका लागि १५ सय ट्याक्सी थप्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ भने थोत्रा ट्याक्सी हटाउन माग अनुरोध गरेको छ। यस्तै काठमाडौँ भित्र मिटरमा नहिँड्ने ट्याक्सीमाथि कारबाहीका लागि सरोकारवाला निकायहरुसँग समन्वय गर्ने निर्णय पनि गरिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK