Skip to content
LAXMI SUNRISE BANK

चुणामणि पक्राउ प्रकरण : शर्मालाई भेटाइदिने भन्दै बिचौलियालेनै लिन्थे ३ लाख रुपैयाँ, आधा दर्जन सिएहरु अनुसन्धानको घेरामा !

अर्थ सरोकार

  • अर्थ  सरोकार सम्बाददाता 
काठमाडौं : आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन् । उनलाई आज अख्तियारले पक्राउ गरेर अनुसन्धान थालेको हो । अख्तियार स्रोतले दिएको जानकारी अनुसार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाटै दिउँसो १२:३० बजे उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। अन्य विवरण आउन बाँकी छ।

यसैबीच अख्तियार स्रोतले शर्मासहित अन्य केहिपनि अनुसन्धानको घेरामा रहेकाले उनीहरुलाइ पनि सोधपुछका लागि छिट्टै नै पक्राउ गरिने जानकारी दिएको छ । ‘चुणामणि शर्मालाई भेट मिलाईदिएकै भरमा ३ लाख रुपैयाँ पैसा लिने सिए पनि छन् भन्ने तथ्यमाथि अनुसन्धान जारी छ । आधा दर्जन सिएहरु अनुसन्धानको घेरामा छन् र कुनैपनि बेला अख्तियारले सोधपुछका लागि बोलाउन सक्छ ।’

अर्थ सरोकारसँग कुराकानी गर्दै अख्तियार स्रोतले यस्तो खुलासा गरेको हो । यध्यपी यो प्रकरणमा सम्भावित सिएहरु को को हुन् भन्ने बारे भने स्रोत खुलेको छैन । शनिबार विदा पर्ने गरी पक्राउ गर्ने चलन भएकाले सिएहरुको समय कुनै शुक्रबार आउन सक्ने उनको भनाइ थियो ।     

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK