
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – यसअघिपनि पटक पटक विभिन्न खाले किर्ते कामका बारेमा खबर आएको सिभिल बैंकले गरेको अर्को किर्ते कामको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । बैंकले अन्नपूर्ण पोष्ट रास्ट्रीय दैनिकमा प्रकाशित सुचनाको म्यादनै नसकी नियम विपरित कांग्रेस नेतृ मृदुला कोइरालाको नाममा घर पास गरेको चर्चा यसअघि चलेको थियो । अन्तत यो काम सिभिल बैंककै मिलेमतोमा भएको देखिएको छ ।
अन्नपूर्ण पोस्टमा शिलबन्दी बोलपत्रको म्याद साउन २७ गते ३ बजे सम्म म्याद तोकीएपनि कानुन मिचिएको आरोप पीडीतहरुको छ । चलन चल्तीमा ७-८ करोडमा बिक्री हुने जग्गा चार करोड बिस लाखमा मृदुला कोइरालाले कबुल गर्दा उनीपछी अरुले ५० लाख र ७० लाख कबुल गरेको कुरालाई लिएर पनि बैंक र कोइरालाबीच सेटिङ भएको आरोप लागेको थियो ।
काभ्रेका टेकनाथ हुमागाईंले बैंकसँग लिएको ऋण समयमा तिर्न नसक्दा उक्त घर लिलामीको सुचना अन्नपूर्ण पोष्टमा प्रकाशित भएको थियो। घर उकास्ने रकम हुमागाईंले पाएपनि उनले १०२–१०६७–१० कामपा– ७, कित्ता नं. ९९ को आठ आना दुई पैसा दुई दाम र कित्ता नं. ४२७ को १४ आना दुई पैसा जमिन गुमाउनुपरेको थियो । बैंकले जारी गरेको सूचनाअनुसार लिलाम खुल्ने अघिल्लै दिन घरजग्गा मृदुलाको नाममा पास भइसकेको छ । कानुनतः लिलामी बढाबढका लागि पूर्वनिर्धारित समय तालिकाअगावै लिलामी बढाबढ हुने घर-जग्गा चलाउन नपाइने भएपनि सिभिलले यो नियमको समेत धज्जी उडाएको देखिएको छ।





यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्