
होटल अन्नपूर्णले गरेको विदेशी मुद्रा अपचलनको छानबिन गरिरहेको राजस्व अनुसन्धान विभागले दुई वर्षदेखि फाइल पालेर ‘बार्गेनिङ’ गरिरहेको बेला अर्को एउटा घटनामा दुई लाखभन्दा बढी अमेरिकी डलर अपचलन गरेको फेला परेको छ ।
होटलका अध्यक्ष कपिल राणा, कार्यकारी सञ्चालक सृजना राणा र बैठकको अध्यक्षता गर्ने गरेका गोरखशमशेर राणाको मिलेमतोमा थाइल्याण्डको आर्किटेक्ट ४९ लिमिटेड (ए४९)लाई पटक—पटक गरी दुई लाखभन्दा बढी अमेरिकी डलर पठाइएको थाहा भएको छ । होटलको स्तरवृद्धि गर्ने भनी ५० हजार अमेरिकी डलर दिने भनी सम्झौता गरे पनि पटक—पटक गरी दुई लाख अमेरिकी डलरभन्दा बढी थाइल्यान्ड पठाइसकेको थाहा भएको छ । सो रकम पठाउन होटलले उद्योग विभागबाट स्वीकृति लिएको छैन र पर्यटन विभागले त्यसरी रकम पठाउन नमिल्ने भनी चिठी लेखेर दिएको थियो तर नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनियम विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले पर्यटन विभागको पत्रलाई बेवास्ता गर्दै होटल अन्नपूर्णको सञ्चालक गोरख शमशेर राणाको निर्णयको आधारमा अमेरिकी डलर पठाइएको थाहा भएको छ । पर्यटन विभागले सिफारिस दिन नमानेपछि ३० हजार अमेरिकी डलर ए४१ लाई पठाइएको छ ।
सन् २०१४ जुन १९ मा सो कम्पनीसँग होटल अन्नपूर्णले सम्झौता गरेको थियो । राष्ट्र बैंकको विदेश मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक ढुंगानासँगको मिलेमतोमा मात्रै एक लाख ३० हजार अमेरिकी डलर ए४१ लाई पठाएर अपचलन गरिएको छ भने एक लाख ७० हजार अमेरिकी डलर पठाउने तयारी भइरहेको थाहा भएको छ । नियमविपरीत डलर पठाइएको बैंकको कम्पनी ए४१को कार्यालय ८१ सुखुम्भितमा छ र त्यसको एमडी प्रभाकरण बदनयाकुल हुन् । आर्थिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्