×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिक्दा सिक्दै जानेभो अर्थमन्त्रीको कार्यकाल ! भन्छन्, ‘सिक्दैछु, जलस्रोतमन्त्री हुँदापनि ‘मेगावाट’बारे थाहा थिएन’

  • अर्थ सरोकार सम्बाददाता 
अर्थतन्त्रका बारेमा खास जानकारी नभएपनि देउवापत्नीको जोडबलमा अर्थमन्त्री बनेको आरोप लागिरहेका बेला अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने आफुले अर्थ सम्बन्धि विभिन्न जानकारी सिक्दै गरेको बताएका छन् । बुधबार नयाँ अर्थमन्त्रीले पदभार ग्रहण गर्दैगर्दा उनले आफुले ‘अर्थ’ सिक्दै गरेको स्वीकारेका छन् । 
अझ रमाइलो कुरा त के छ भने कार्यक्रममा उनले आफु सिक्दै गरेको र राम्रो काम गर्ने दावी समेत गरेका छन् ।‘हुनत म जलस्रोत मन्त्रालयमा हुँदा मलाई किलोवाट र मेगावाटबीच फरक छुट्याउन पनि धेरै पटक सोच्नु पर्दथ्यो, तर मलाई लाग्छ मैले त्यतिखेर त्यो मन्त्रालय सफलतापूर्वक हाँके ।’ 
मन्त्रीले घुमाउरो पारामा आफ्नो आशय स्पष्ट पारे । यता उनले अहिलेको नेपालको अर्थतन्त्रसमेत राम्रो नभएको दावी गरे । ‘अंकमा देखिएर हुँदैन । जनताको जीवनशैलीमा देखिनुपर्यो अर्थतन्त्रको विकास ।’ उनले भने । 
पदभार ग्रहण गर्ने क्रममा उनले विकासको अनुभुति गराउने वातावरण बनाउन युद्धस्तरमा काम गर्नुपर्ने र आफू पनि बजे, घण्टा नभनी काम गर्न तयार रहेको बताएका छन् । सुशासन, पारदर्शिता र इमान्दारिता कायम गर्न आफू दृढ रहेको बताएका उनले आफ्नो कार्यकाल सफल बनाएरै छाड्ने प्रतिबध्दता व्यक्त गर्दा सरोकारवालाहरुले भने ‘अर्थमन्त्रीको कार्यकाल सिकेरै जाने भो’ भन्ने टिप्पणी गरेका छन् ।
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: