×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजनीतिशास्त्रमा मास्टर्स गरेका अर्थमन्त्री कार्की ‘डेबिट-क्रेडिट’ जान्दैनन्, सेयर बजारबारे थोरै जानकारी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ जेष्ठ २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

राजनीतिशास्त्रमा मास्टर्स गरेका अर्थमन्त्री कार्की ‘डेबिट-क्रेडिट’ जान्दैनन्, सेयर बजारबारे थोरै जानकारी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाली कांग्रेसका नेता रहेका ज्ञानेन्द्र बहादुर कार्की नेपालको अर्थमन्त्री भएका छन् । केहि समयअघि उनले पद तथा गोपनियताको सफत खाइसकेका छन् । तर कार्की अर्थमन्त्री भएपनि उनलाई अर्थतन्त्रको खास ज्ञान भने नभएको उनी निकटहरु बताउंछन् ।  

यसो त राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका कारणपनि होला उनलाई व्यवस्थापनको खासै ज्ञान छैन । उनी निकट स्रोतले दिएको जानकारी अनुसार उनीसँग सेयरको बारेमा भने केहि जानकारी छ । ‘जलस्रोत मन्त्री हुँदा हाइड्रोको सेयर’ का बारेमा केहि समय अध्ययन नै गरेका उनलाई नेपाली पूँजी बजारका बारेमा थोरै जानकारी छ । यद्यपी व्यवस्थापनको ज्ञानमा भने उनी निकै कमजोर छन् । उनलाई डेबिट र क्रेडिट भनेको के हो नै थाहा छैन । उनका निकै घनिष्ट एक साथीले अर्थ सरोकार डटकमसँग भने ।    

देउवा क्याबिनेटमा महेश आचार्य अर्थमन्त्री बन्ने चर्चा चलेको थियो । तर उनको फरक गुट परेकाले मन्त्री बन्न नपाएको गुनासो कांग्रेसभित्रै सुरु भएको छ । निकै नै खान्दानी पारिवारिक पृष्ठभूमि भएका कार्की जलस्रोत मन्त्री हुँदा राम्रो काम गरेको भन्दै प्रशंसा भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: