Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकको मिलेमतोमा नबिल बैंकमा ऋण काण्ड ! अडिटरले ब्यालेन्ससीटमा हस्ताक्षर गर्न नमानेपछि बाहिरियो यस्तो कर्तुत !

अर्थ सरोकार

काठमाडौँ – नियमनकारी निकाय नेपाल राष्ट्र बैंकका भ्रष्ट कर्मचारीतन्त्रको लाचारीपन अकर्मण्यता र मिलेमतोमा निजी क्षेरका बैंक तथा वित्तीय क्षेत्रले करोडौं रुपैयाँको चलखेल गरेको गतिलो प्रमाण नबिल बैंकभित्र फेला परेको छ । आफुलाई निजी क्षेत्रको अब्बल बैंक ठान्दै आएको नबिलका तत्कालीन सीईओ अनिल ज्ञवाली र हालका सीई ओ शाशीन जोशी लगायत ठुलाठालुहरुलाई अर्को एउटा बैंकको अध्यक्षलाई कसरी नियम विपरित करोडौं रुपयाको कर्जा उपलब्ध गराएर गुपचुप रुपमा राखे ? अर्कोतर्फ त्यस्तो आर्थिक अपराधको विषयलाई नेपाल राष्ट्र बैंकबाट समेत किन गुपचुप राखियो ? यसले यति ठुलो घटना क्रम रहस्यमय बनेको स्रोतको दावी छ ।
समाचार स्रोतका अनुसार नबिल बैंकले आर्थिक वर्ष २०७३/७३ मा जनता बैंकका तत्कालीन अध्यक्ष गुरु न्यौपाने (पछि जनता बैंककै संचालक समितिका सदस्य) लाइ जनता बैंककै सेयर धितोमा लिएर १२ करोड ५० लाख रुपैयाँ कर्जा उपलब्ध गराइएको थियो । जलविद्युत क्षेत्रका अग्रणी मानिएको जानता बैंकका तत्कालीन अध्यक्ष न्यौपानेलाई नबिल बैंकलेनै किन १२ करोड ५० लाख रुपैयाँ कर्जा दिन वाध्य भयो ? अन्य बैंकले त्यतिका चल्तापूर्जा व्यवसायीहरुलाई किन ऋण दिन आँट गरेनन ? किनकि बैंक तथा वित्तिय संथा सम्बन्धि ऐन बाफियामा कुनैपनि बैंक तथा बित्तिय संस्थाका पधाधिकरीले अर्को बैंकबाट समेत ऋण लिन पाउँदैनन् । 
ऋण लिएमा त्यसलाई बैंकिङ अपराध मानिन्छ । तर नबिलले जनता बैंकका अध्यक्ष न्यौपानेलाई खुसुक्क कर्जा उपलब्ध गराईदियो। यसरी खुसुक्क कर्जा उपलब्ध गराउने क्रममा ऋणीको कुनै कमजो री देखिदैन । तर ऋण प्रदायक नेबिल बैक र उसको जिम्मेवार पधाधिकारीहरुले ठुलै आर्थिक अपराध ढाकछोप गर्न गुप्त चलखेल गरेको बुझिएको छ ।
बाफिया बमोजिम बैंकले सोहि आर्थिक बर्षमा उक्त कर्जा बराबरको रकम प्रोभिजन गर्नुपर्नेमा सो बिषयलाई गुपचुप राखेकोपनि स्रोतले पुष्टि गरेको छ। नबिल बैंकका सीईओ तथा संचालक समितिका अधिकांस सस्दस्यको मिलेमतोमा उक्त ऋणबारे नेपाल राष्ट्र बैंकको निरिक्षण टोलीलेसमेत नदेखेझैं गरेर बैकिङ अपराध ढाकछोप गरिदिएपछि नबिल बैंकका हलाका सीइओं सशीन जोशिलागायत ठुलाहरूलाई हाइसनचो भएको स्रोत बताउँछ। 
तर आर्थिक बर्ष २०७३/ ७४ को बैंकको बाह्य लेखापरिक्षण टोली टिआर उपाध्याय एण्ड कम्पनीले सो ऋणको बारेमा गम्भीर प्रश्न चिन्ह तेर्स्याएपछी समस्या बाहिर आएको नेपाल राष्ट्र बैंकको कर्मचारी स्रोतले बताएको छ। लेखापरीक्षक टोली टीआर उपाध्याय एण्ड कम्पनीले दिन उपलब्ध गराउने क्रममा ऋणी गुरु न्यौपानेको भन्दापनि ऋण प्रदान गर्ने नबिल बैंक र उसका जिम्मेवार अधिकारीहरुले अख्तियार दुरुपयोग गरेको, ऐनको बर्खिलाप गरेको र अनुचित लाभ लिएको अडान र आशंका गरेपछि नबिल बैंकका हालका सीईओं शशीन जोशी लगायत ठुलाबढाहरुले तत्कालीन लेखापरीक्षक टोली टिआर उपाध्याय एण्ड कम्पनीलाई समेत ध्यम्क्याको चर्चा चार्टड एकाउन्टेन्ट समूहमा आजभोली हुने गरेको छ । 
तर टिआर उपाध्याय एण्ड कम्पनी, लेखापरिक्षण टोलीले उक्त अबैध रिणको बारेमा दोहोरो अडान लिंदै नबिल बैंकको वासलातमा हस्ताक्षर नगर्ने सर्त राखेपछि बैंकका सीईओ शसीन जोशी लगायत उच्च अधिकारीहरुले एक कदम पछाडी सरेर हस्ताक्षर गर्ने वातावरण बनाउन वाध्य भएको स्रोतको दावी छ । साँघु साप्ताहिकमा खबर छ। लेखा परिक्षण टोली टिआर उपाध्याय एण्ड कम्पनीले आफ्नो सामुन्ने उक्त ऋणलाई तत्काल प्रोभिजन गर्न लगाएपछि नबिल बैंकको संचालक समूहले पराजित महसुस गरेकोपनि स्रोतले बताएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK