
- अर्थ सरोकार सम्बाददाता
भरतपुर – भरतपुरको मतपत्र च्यातिएको प्रकरणले उग्र रुप लिएको छ । कांग्रेस-माओवादीले पुन: मतदान गर्नुपर्ने बताईरहेका छन् भने एमालेले मतगणना सुरु गर्न माग गरिरहेको छ । तर एकाविहानै एमाले चितवनको नयाँ प्लानबारे खुलासा भएको छ ।
यथासक्य छिटो मतगणना सुरु नभए वा पुन: मतदानको अडान कांग्रेस-माओवादीले लिए एमालेले एमालेका देवी ज्ञवालीलाई बिजयी घोषणा गर्ने र भरतपुर महानगरमा काम सुरु गर्नेसमेत प्लान गरेको छ । उसले अन्य खालका आन्दोलनका कार्यक्रमहरुबारे पनि प्लान गरिरहेको खबर छ ।
यस्तो त बुधबारको संसदमा पनि एमालेले पुनः मतदानमा जाने निर्णय गरे एकतर्फी रुपमा आफ्नो उम्मेदवारलाई विजयी घोषणा गर्न सक्ने चेतावनी दिएको छ । संसदको बुधबारको बैठक शुरु हुनासाथ विशेष समय लिएर बोल्दै एमाले सांसद सुरेन्द्र पाण्डेले भरतपुर काण्ड जनताको सार्वभौम अधिकारमाथिको बलात्कार भएको बताउंदै एमाले उम्मेदवार देवी ज्ञवाली जिततर्फ उन्मुख भएपछि प्रतिनिधि बनेर गएका माओवादी केन्द्रका कार्यकर्ताले सुनियोजित ढंगले मतपत्र च्यातेको भन्दै उनले यसलाई मतगणनास्थल कब्जा भन्न नमिल्ने बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्