
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आइडिया भएका तर उक्त आइडियालाइ व्यावसायिकतामा परिणत गर्न नसकेकाकाहरुलाई लक्षित गर्दै काठमाडौँमा ‘उद्यमी १०१’ कार्यक्रम आयोजना हुने भएको छ । नेपाल टलिकमको प्रायोजकमा एक दिनका लागि आयोजना हुन लागेको उक्त कार्यक्रममा उद्यमी तथा भविस्यमा उद्यमी बन्ने सपना बुनेकाहरुले व्यवसाय कसरि सुरु गर्न सकिन्छ र सुरु गर्दा उद्यमीले के के कुरामा ध्यान दिनुपर्ने जस्ता कुराहरु सिक्ने मौका पाउने आयोजकको भनाइ छ । स्टार्टअप नेपालले आयोजना गर्न लागेको उक्त कार्यक्रममा देशका विभिन्न व्यावसायिक हस्तीहरुको समेत उपस्थिति हुने बताइएको छ ।
‘यस कार्यक्रमद्वारा उद्यमशीलताको पहुँच गरेर एक गतिशील व्यवसायिक उध्यमिमय वातावरण तथा एक सहयोगी वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ । स्टार्टअप्सनेपालको एक पहलमा, हुनलागेको यस कार्यक्रममा उद्यमशीलतामा निरन्तर लागिरहेका प्रमुखहरुको उद्यमी यात्र को बारे बुझ्न सकिन्छ भने विसयागतमा आधारित बहसका साथै नेटवर्किंग गर्ने अवसर मिल्नेछ ।’ स्टार्टअप नेपालकि प्रभा तिमिल्सिना भन्छिन्, ‘नेपालामै केहि गर्ने इच्छुक तथा प्रारम्भिक चरण संस्थापकहरुका लागि विशेष गरी तयार गरिएको यस कार्यक्रम, उद्यमी १०१ विश्वविद्यालय विद्यार्थी, स्नातक, व्यवसायीक र कसैले निकट भविष्यमा आफ्नो / आफ्नै उद्यम सुरु गर्न चाहानेहरुको लागि लाभदायक हुने विश्वास लिएका छौं ।
उनका अनुसार उक्त कार्यक्रममा उद्यमी हुनुको आधारभूत विसयगत कुराहरुमा छलफल हुनेछा भने कुनै व्यापार सुरु गर्नका लागि आवश्यक मुख्य कुराहरुका बारेमासमेत चर्चा हुनेछ । मिति: ३० जुन, २०१७ का दिन बेलुका ३:०० – ६:०० बजे नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजना हुने उक्त कार्यक्रमका लागि प्रवेश शुल्क ५०० रुपैयाँ तोकिएको छ ।
अन्य जानकारीका लागि उद्यमी सीड क्याम्पको फेसबुक पेज www.facebook.com/UdhyamiSeedCamp/ लग अन गरी जानकारी लिन सकिने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्