Skip to content
LAXMI SUNRISE BANK

एमालेले संसद बैठक अबरुद्ध गरिरहँदा माओवादी सांसद एक्कासी चिच्याएपछि…

अर्थ सरोकार

व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ ।
भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले विहीबार दोस्रो दिन सदन अवरोध गरेको हो । तर बिहिबारको संसद वैठकको माहौल भन केही भिन्न बन्यो ।
बैठक आरम्भ हुनासाथ एमालेका सांसदहरु आफ्नो स्थानबाट उठेर अवरोध गरे । त्यति नै बेला जुरुक्क उठे माओवादी केन्द्रका सांसद रामनारायण विडारी । उनले नियमापत्ति भनेर एकोहोरो कराएपछि बैठक हाँसोले गुञ्ययमान भएको थियो ।
सभामुख घर्तीले एमाले सांसदले अवरोध जनाइरहेका बेला नियमापत्तिका लागि बोल्न दिन नसक्ने बताएकी थिइन् । तर उनि भने केहिछिन बोलिरहे । संसद बैठक जेठ २१ गते बिहान ११ बजे सम्मका लागि बैठक स्थगित भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK