×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Arthasarokar.com Online User Guidelines

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Arthasarokar.com Online User Guidelines

१२ श्रावण २०७४, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

सम्पादकीय दायित्वका सम्बन्धमा 
१. हामी समाचार ब्रेक गर्दा पत्रकारिताको मर्यादालाई सधैं ध्यान दिनेछौं ।
२. हरेक समाचार निर्माण प्रक्रियामा सम्बन्धित सबै पक्षको भनाइ वा राय बुझ्ने प्रयास गर्नेछौं ।
३. आर्थिक मुद्धामा केन्द्रित समाचारलाई विशेष प्राथमिकता दिई प्रकाशन गर्नेछौं ।
४. अर्थ सरोकार डटकममा प्रकाशित हुने समाचारको विश्वसनीयता र आधिकारिकताको लागि विभिन्न समाचार एजेन्सीका समाचारहरु प्रकाशित गर्दा उनीहरुको नाम उल्लेख गर्नेछौं ।
५. अनलाइन समाचार पोर्टल भएकाले विभिन्न सामाजिक संजालमार्फत यसको प्रमोसन गर्ने क्रममा उत्तेजित, समाजमा विकृति फैलाउने र समाजिक संरचनामा अाँच आउने किसिमका सामग्रीहरुको सहयोग लिने छैनौं ।
६. समाचार प्रकाशन गर्ने क्रममा जानेर वा नजानेर कहीँ कतैबाट गलत समाचार प्रकाशित भएमा यसको छानबिन गरी पाठक वा सम्बन्धित पक्षसमक्ष माफी माग्नेछौं । तर यसरी प्रकाशित भएको समाचार हटाउने भने छैनौं ।
समाचार उपलब्धताका सम्बन्धमा 
१. यस अर्थ सरोकार डटकममा नागरिकका विचारलाई प्रमुख प्राथमिकता दिईनेछ ।
२. यस अर्थ सरोकार डटकममा प्रकाशित हुने समाचार यसका प्रयोगकर्तालाई निःशुल्क रुपमा उपलब्ध हुनेछ ।
३. यसको प्रयोग गर्दा हुने प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावको बारेमा स्वयं प्रयोगकर्ता जिम्मेवार हुनेछन्।
४. यो पोर्टलमा संग्रहित सामग्रीहरु प्रचलित कानुनले मागेको खण्डमा बाहेक गोपनीय रहनेछन् ।
समाचार पुन: प्रकाशनका सम्बन्धमा 
१. स्रोत खुलाएरै भएपनि अर्थ सरोकार डटकमको अनुमति विना पोर्टलका कुनै पनि समाचारको पुन: प्रकाशन कुनै पनि अनलाइन पत्रिका वा अनलाइन ब्लगहरुमा गर्न पाइने छैन ।
२. पत्रिकाका हकमा ‘अर्थ सरोकार डटकमबाट साभार’ उल्लेख गरी पुन: प्रकाशन गर्न पाइनेछ । त्यसरी सारिएका समाचारहरु पुन: त्यहि पत्रिकाको अनलाइन संस्करणमा भने राख्न पाइने छैन । 
३. रेडियोको हकमा हाम्रा कन्टेन्टहरुको वाचन गर्दा ‘अर्थ सरोकार डटकमबाट’ भनी उल्लेख गर्नुपर्नेछ ।
४. अर्थ सरोकार डटकमको सदस्य बनेका निश्चित अनलाइनहरुले भने हाम्रो समाचार ‘ब्याकलिंक’ दिएर साभार गर्न सक्छन् । 
विज्ञापनका सम्बन्धमा
१. अर्थ सरोकार डटकममा विज्ञापन प्रकाशन गर्ने कम्पनी / वा फर्म कम्पनी रजिष्ट्रारको कार्यालय, वा आधिकारिक रुपमा नेपाल सरकार अन्तर्गतका कुनै निकायमा दर्ता भएको हुनुपर्नेछ । 
२. यद्यपी व्यक्तिगत सुचना / शुभकामनाका हकमा भने पहिलो नम्बरको नियम लागु हुने छैन । 
३. अर्थ सरोकार डटकममा विज्ञापन गर्दा कम्पनीले भ्याट बिजक जारी गर्नेछ ।
४. जनतालाई ठगी गरिरहेको कुनै पनि कम्पनी, वा संस्थाको विज्ञापन अर्थ सरोकार डटकमलाई जानकारी प्राप्त भएसम्म प्रकाशित गरिने छैन ।
सामाजिक सन्जाल प्रयोग सम्बन्धमा 
 १. अर्थ सरोकार डटकमको फेसबुक पेजमा अपाच्य शब्दहरु प्रयोग गरी वा तस्विरहरु कमेन्ट गरेको खण्डमा विना सूचना त्यस्ता पाठकहरुलाई हामी ब्लक गर्नेछौं ।
२. अर्थ सरोकार को फेसबुक ग्रुपमा अर्थ सरोकारका कन्टेन्टहरु बाहेक हामी केहि पनि पोष्ट गर्न दिंदैनौं ।
३. हाम्रो ट्वीटरको ह्यान्डल दुरुपयोग गरेको भेटिएमा त्यस्ता प्रयोगकर्ताहरुलाई हामी विना सुचना ब्लक गर्नेछौं।  
४.  अर्थ सरोकारको फेसबुक पेजमा पठाइएका सन्देशहरुको हामी यथाशक्य छिटो सम्बोधनको प्रयास गर्नेछौं ।
६. हामीलाई पाठकले दिने हरेक प्रतिक्रियाको हामी सम्मान गर्छौं । तर अपशब्द प्रयोग गरेको खण्डमा हामी ती प्रतिक्रियाहरुलाई सम्बोधन गर्न वाध्य हुने छैनौं ।   
प्रकाशित सामाग्रीहरु सम्बन्धमा 
१. अर्थ सरोकारमा प्रकाशित / प्रशारित हाम्रा समाचार कन्टेन्ट, भिडियो तथा अडियोको हामी सम्पूर्ण रुपमा जिम्मा लिन्छौं । तर अन्य स्रोतमा इम्बेड गरिएका भिडियोको खण्डमा हामी त्यसको जिम्मा लिंदैनौं । यद्यपी त्यस्ता कन्टेन्ट प्रकाशनपूर्व हामी सचेत भने पक्कै हुन्छौं ।
२. अर्थ सरोकार डटकममा प्रकाशित ‘विज्ञापनका कन्टेन्टह’रुको जिम्मा हामी लिंदैनौं ।  विज्ञापनलाई पाठकले ‘विज्ञापन’ कै रुपमा लिन हामी अनुरोध गर्छौं ।  
३. युट्युबको हकमा हाम्रा भिडियो कन्टेन्टहरु अरु च्यानलमा अपलोड गर्न वा फेसबुक पेजमा विना स्वीकृति अपलोड गर्न सख्त मनाही छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: