×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रमाण आफैं बोल्छ : चन्द्रागिरी हिल्सले भालेश्वर मन्दिर भनेर प्रचार गरेको मन्दिर भालेश्वर महादेवको होइन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साउन लागेको छ । महादेवको विशेष आराधना गरिने यो महिनामा श्रद्धालुहरु विभिन्न शिवपिठमा जाने गर्छन् । जसमध्ये धार्मिक पूराण अनुसार महादेवकि श्रीमती सतीदेवीको भाल अर्थात निधार पतन भएर उत्पति भएका भालेश्वर महादेव तपाईं हामीले अहिले बुझ्दै आएको चन्द्रागिरीमा पर्छ । तर ठाउँ सँगसँगै भएपनि चन्द्रागिरी हिल्स लिमिटेडले प्रचार गरेको मन्दिर भने भालेश्वर महादेवको मन्दिर नभएको खुलासा भाईको छ । उक्त मन्दिरभित्र भालेश्वर महादेवको मूर्ति भनेर नक्कली मुर्ति राखिएको छ भने भालेश्वर महादेवको सक्कली मूर्ति सोहि परिसरमा तर फरक स्थानमा छ । 

यस्तो छ सक्कली भालेश्वर महादेवको मूर्तिको यथार्थ !
‘यस अघि चन्द्रागिरी हिल्स लिमिटेडले बनाएको डिजाइन अनुसार साविकको ठाउँमा रहेको महादेवको मूर्तिमाथि मन्दिर बनाउने योजना बनाएको थियो । तर स्थानीयले भालेश्वर महादेवको मुर्तिलाई व्यवसायीकरण गर्न नहुने, र भालेश्वर महादेव खुल्ला ठाउँमा बस्छन्, भालेश्वर महादेव विभिन्न पूजारीको सपनामा आइ यहाँ मन्दिर नबनाउनु, म खुला ठाउँमा रमाउंछु भनेको किम्बदंतीका आधारमा गाउँलेले त्यहाँ मन्दिर बनाउन इन्कार गरे । तर मन्दिर बनाएर धर्मकै नाममा व्यापार गर्ने योजना बनाएको चन्द्रागिरी हिल्सले त्यहाँ मन्दिर बनाइछाड्ने भएपछी स्थानीय र कम्पनीबीच ठुलो विवाद भयो । अन्तत : सक्कली भालेश्वर महादेवको मूर्ति भएको ठाउँभन्दा अलि पर मन्दिर बनाइयो ।’ एक स्थानीयले अर्थ सरोकार डटकमसँग भने ।
उनका अनुसार त्यस मन्दिरलाई भालेश्वर मन्दिर भन्ने कुरामा पनि स्थानीयले विरोध गरे । स्थानीयले विरोध गरेपछि उक्त मन्दिरको नाम इक्षापुरेश्वर भनेर राख्ने समहति भयो । यहि सहमति अनुसार मन्दिरको घण्टामा इक्षापुरेश्वर लेखेको अहिले पनि स्पष्ट देख्न सकिन्छ । तर समयअनुसार चन्द्रागिरी हिल्स ले मौखिक सहमति तोड्यो । आवाज उठाउने जनतालाई कतिलाई चन्द्रागिरी जान नै रोक लगायो त कसैलाई गुण्डा लगाएर तह लगायो । त्यसपछि अहिले नक्कली मन्दिर अर्थात इक्षापुरेश्वर नाम दिईएको मन्दिरलाई भालेश्वर मन्दिर भनेर गलत प्रचार गरिएको छ । 
पाइलैपिच्छे सर्वसाधारण ठगेको आरोप खुलेदेखिनै लागिरहेको चन्द्रागिरी हिल्स लिमिटेडले जनताको धार्मिक विश्वासमाथिनै ‘बिजनेश’ गरेको खुलासा भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो परिसरमा बनाएको मन्दिरभित्र भालेश्वर मन्दिरको सक्कली शिवलिङ्ग नभएको तथ्य सार्वजनिक भएपछि चन्द्रागिरीको यो झुट छताछुल्ल भएको हो । हुन त यसअघिपनि विभिन्न मिडियाहरुमा स्थानीय पत्रकारहरुले यसबारे तथ्य प्रस्तुत गरेका थिए । तरपनि चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो झुटलाई लुकाउने प्रयास देखिएको छ । 
परापूर्व कालदेखिको मान्यता, ‘भालेश्वर मन्दिरको दर्शन गरेपछि फेदीमा जल पिएपछी मात्र नित्य कर्म गर्नू’
यता भालेश्वर मन्दिर वरपरका स्थानीय जनताहरु अहिले चन्द्रागिरीमा गएर धेरै बेर बस्दैनन् । ‘धार्मिक मान्यता अनुसार भालेश्वर मन्दिरको दर्शन गरिसकेपछि फेदीमा झरी त जल पिएपछि मात्र नित्य कर्म गर्नु भन्ने बुढापाकाले भनेको याद छ । अहिले त चन्द्रागिरीमा बस्ने, रमाइलो गर्ने, अझ माछा मासु खाने जस्तो काम हुने गरेको छ । हामीलाई त अधिकांस यहाँ आउनेहरु पाप बोकेर गईरहेका छन् जस्तो लाग्छ ।’ एक अर्का स्थानीयले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार चन्द्रागिरी हिल्स नामक कम्पनीले धर्मका नाममा लुट मच्चाईरहेको छ । ‘चन्द्रागिरी आउनुहोस्, सक्कली भालेश्वर मन्दिरको दर्शन गर्नुहोस्, यता उता घुम्नुहोस्, तर तल फेदीमा पुगेर जल पिएर मात्र अरु काम गर्नुहोस् । पहिला त्यहाँ जल कुण्ड थियो । अहिलेपनि त्यसो प्रारूप छ । कम्पनीले यो इतिहास नष्ट पार्न जलकुण्ड पुरेको छ ।’ उनले भने ।

चन्द्रागिरीका सुचना अधिकारी भन्छन्, ‘मलाइ त केहि थाहा छैन’
हामीले यसबारेमा बुझ्न चन्द्रागिरी हिल्स लिमिटेडका सुचना अधिकारी राजु पौडेललाई सम्पर्क गरेका थियौं । ‘चन्द्रागिरीमा बनाइएको मन्दिरको शिवलिङ्ग त सक्कली भालेश्वर महादेवको मुर्ति होइन भन्ने कुरा आयो नि ?’ भन्ने हाम्रो प्रश्नमा सुचना अधिकारी पौडेल भन्छन्, ‘मलाइ त यस बारेमा केहि पनि थाहा छैन । अम्बिका पौडेल सरलाई फोन गर्नुहोस्, उहाँलाई थाहा छ ।’ उनले यसो भनेपछि हामीले चाद्रागिरी हिल्स लिमिटेडका निर्देशक समेत रहेका अम्बिका पौडेललाई फोन गर्यौं । एक पटक फोन व्यस्त थियो । त्यसपछि हामीले पुन उनलाई फोन गर्यौं । सधैंजसो हाम्रो फोन उठाउने र प्रतिक्रिया दिने पौडेलले त्यसपछि हाम्रो फोन उठाएनन् ।
पछि उनले फोन गर्दै उक्त ठाउँमा सक्कली मुर्ति नै भएको दावी गरे । तर हामीले स्थानीयले बोलेको यस्तो भिडियो छ नि भनेपछि उनले फेरी थपे, ‘त्यो भिडियो पुरानो हो । अहिले त्यहाँ सक्कली महादेव नै हुनुहुन्छ ।’
हेर्नुहोस् सक्कली भालेश्वर महादेवको सक्कली शिवलिङ्ग

भिडियो : मिर्मिरे अनलाइन

चन्द्रागिरी हिल्स लिमिटेडका बारे यी समाचार छुटे कि !

    Hamro Parto AD
    NMB BANK
    TRITON COLLEGE

    प्रतिक्रिया दिनुहोस्

    सिफारिस: