×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ब्रिफकेस’ र ‘भिजन’बीचको ‘क्लाइमेक्स फाइट’, यस्तो छ नेप्सेको महाप्रबन्धक पदका लागि भइरहेको अन्तिम कसरत !

LAXMI SUNRISE BANK

‘ब्रिफकेस’ र ‘भिजन’बीचको ‘क्लाइमेक्स फाइट’, यस्तो छ नेप्सेको महाप्रबन्धक पदका लागि भइरहेको अन्तिम कसरत !

२० असार २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेप्सेको महाप्रबन्धक हुनका लागि विभिन्न आकांक्षीहरुबीचको लाविङ अन्तिम चरणमा पुगेको छ । ७ बढी आकांक्षीहरुमध्ये केहि साइड लाग्दा थपको प्रतिष्पर्धा रोचक देखिन्छ । नेप्सेको महाप्रबन्धक हुन लविङ गर्नेदेखि दक्षिणा चढाउनेहरुसम्म लाइनमा बस्दा महाप्रबन्धक को हुन्छ भन्ने कुरा अनुमान गर्न त्यति सहज छैन ।
सीताराम थपलियाले नेप्सेको महाप्रबन्धक पदमा आफु नदोहोरिने बताएपनि उनले उक्त पदमा आफु दोहोरिनका लागि अझै लविङ गरिरहेको स्रोतको दावी छ । ‘सीताराम थपलियाको दौडधुप रोकिएको छैन । पावर सेन्टरहरुमा अहिलेपनि सीतारामको चर्चा सेलाएको छैन । अन्तिम समयमा थपलियालाई नै पुन: नियुती दिईयो भने पनि अचम्मचाहिं नमाने हुन्छ ।’ स्रोतले भन्यो ।
नेप्सेको महाप्रबन्धक पदका लागि प्रयास गरेका भोला पाण्डे साइड लागेको भन्ने चर्चा चलेको भएपनि कांग्रेसभित्रै उनको चर्को लविङ भइरहेको बुझिएको छ । नुवाकोटे भएका कारणपनि नुवाकोटका केहि नेताहरुले चर्को दवाव पावर सेन्टरमा दिएको बुझिएको छ । ‘उनको सम्भावनाबारे यसै भन्न सकिन्न । केहि समय अगाडी आफु यो दौडबाट पछि हटेको बताउने गरेका उनले अन्तिम समयमा पुन: कसरत थालेका छन् ।’ स्रोतले भन्यो ।
यता दण्डपानी न्यौपाने र प्रकाश लम्सालपनि रामचन्द्र पौडेलको ‘पावर’ लगाएर अर्थमन्त्रीसम्म पुगेका छन् । यी दुबैकाबारे कांग्रेसभित्र रामचन्द्र पौडेल निकटहरुले नेप्सेको महाप्रबन्धक पदका लागि लविङ गरिरहेका छन् । ‘यद्यपी लम्साल र न्यौपाने दुबैकाबारेमा नकारात्मक ब्रिफिङ भएको छ ।’ स्रोतले भन्यो ।
नेप्सेको महाप्रबन्धक पदका लागि भिजन भएका उम्मेदवारका रुपमा चर्चामा आएका मनोज ज्ञवालीले एक ‘लट’ लविङ सकेर पर्ख र हेरको रणनीतिमा बसेको स्रोतको भनाइ छ । ‘ज्ञवालीले भन्नुपर्ने ठाउँमा आफ्ना केहि भिजनहरु प्रस्तुत गरेका छन् । पावर सेन्टरपनि उनीप्रति सकारात्कम नै छ । तर ‘ब्रिफकेश’ नै बोकेर पदका लागि बार्गेनिङ गर्नेहरुका अगाडी उनको प्रयास सार्थक नबन्न पनि सक्छ । ब्रिफकेश र भिजनबीचको लडाईमा भिजनले जित्यो भने ज्ञवालीले जित्नेछन् । ब्रिफकेशले आफ्नो पावर देखायो भने उनको सम्भावना कम छ ।’ स्रोतले भन्यो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी