
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बजारमा नक्कली अडिटरको बिगबिगीबारे अर्थ सरोकार डटकमले बिहिबार ‘नक्कली अडिटरको विगविगी ! कार्यालय खोलेरै खुलेआम् ‘ठगीधन्दा’, तपाईंपनि फस्नुहोला नि !’ शीर्षकको समाचार प्रकाशित गरेपछि ठमेलमा कार्यालय नै खोलेर खुलेआम ठगीधन्दा गरिरहेका नक्कली अडिटर ऋतु राज भण्डारीले आफुलाई यसबारे थाहा नभएको र अरुले आफुलाई फसाएको भन्दै गल्तीका लागि माफी मागेका छन् ।
समाचार प्रकाशित भएलगत्तै अर्थ सरोकार डटकमका सम्पादकलाई फोन गरी, ‘मेरो बारेमा समाचार लेख्ने तपाईं को हो ?’ भन्दै धम्कीपूर्ण भाषा बोलेका भण्डारीलाई अर्थ सरोकारका सम्पादकले लेखा व्यवसाय सम्बन्धि प्रचलित ऐनका बारेमा स-विस्तार बताएपछि उनले फोन राखेका थिए । केहि समयपछि उनले पुन: अर्थ सरोकार डटकमको कार्यालयमा फोन गरी आफुबाट गल्ती भएको र सक्कली अडिटरले आफुलाई फसाएको भन्दै माफी मागेका छन् ।
‘आइक्यान भन्ने थाहानै थिएन’
ठमेलमा गैरकानुनी धन्दा चलाईरहेका भण्डारीले आफुलाई लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बारे केहि पनि थाहा नभएको दावी गरेका छन् । मलाइ त आइक्यान भन्ने नै थाहा थिएन । तपाईंले भनेपछी बल्ल थाहा पाएँ । मैले त जानेको काम गरेको थिएँ । तर यसरी अडिट फर्म प्रालि नामक कम्पनी दर्ता गरेर पनि आइक्यानको सदस्य नभई अडिट फर्म खोल्न पाइंदैन र अडिट फर्म प्रालिमा दर्ता हुँदैन भन्ने थाहा थिएन । कम्पनी रजिष्ट्रारमा पनि कम्पनी दर्ता भयो, कर कार्यालयमा पनि भयो । त्यसपछि त दायाँ-बायाँ सोच्ने कुरा नै भएन ।
सक्कलीले फसाए, बोर्ड हटाउँछु, नाम पनि फेर्छु !
उनका अनुसार उनले हस्ताक्षर गर्न लगाउने केहि सक्कली अडिटरहरुले अडिट फर्म प्रालि नामक कम्पनी खोलेर काम गर्न पाइने भन्दै परामर्श दिएका थिए । ‘मलाइ अडिटरहरुले नै फसाए । आइक्यानबारे केहि पनि थाहा नभएको व्यक्ति हो म । उनीहरुसँग परामर्श लिंदा, ‘जे गरेपनि मिल्छ’ भने । त्यसपछि मैले यस्तो काम गरेको हुँ । यो काम गैरकानुनी हो भन्ने थाहा थिएन । तपाईंको समाचार पढेपछि मात्र थाहा पाएँ । मैले अडिट रिपोर्टमा हस्ताक्षर गर्न लगाउने डीआर उपाध्यायले समेत यस्तो गर्न मिल्छ भनेका थिए ।
साथै उनले भण्डारी अडिट फर्मको बोर्डसमेत हटाईसकेको बताएका छन् । ‘गल्ती भएछ । एक पटकलाई त पक्कै माफी पाइन्छ होला । अव नाम पनि फेर्छु । तपाईंहरुको समाचार पढेपछि मैले बोर्ड हटाइसकेको छु । नाम फेर्ने प्रर्किया शुक्रबारबाटै थाल्छु । अडिटरनै सेयर होल्डर भएकाले ढुक्क थिएँ । तर यस्तो नाम नै राख्न नपाइने भन्ने कुरा र लेखा व्यवसायको नियमनकारी निकाय आइक्यान हो भन्ने कुरा नै थाहा थिएन ।
यो पनि पढ्नुहोस्
नक्कली अडिटरको विगविगी ! कार्यालय खोलेरै खुलेआम् ‘ठगीधन्दा’, तपाईंपनि फस्नुहोला नि !
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्