काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई बिहिबार दिउसो प्रहरीले गिरप्तार गरेको छ ।
पार्टी कामको शिलशिलामा काठमाडौँको चाबहिल नजिकबाट उनलाई गिरप्तार गरिएको कम्युनिष्ट पार्टीले इमान्दार मिडियालाई जानकारी दिएको छ । नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले लामालाई बिना कारण गिरप्तार गरेको बताएका छन् ।
अखिल क्रान्तिकारी काठमाडौँ जिल्ला समितिको बैठक बसिरहेका बेला उनलाई बैठक हलबाटै गिरप्तार गरेर प्रहरीले कथित लोकतन्त्रको खिल्ली उडाएको कार्कीले बताए । राज्यले शान्तिपूर्ण राजनीति गर्न समेत प्रतिबन्ध लगाउने गरी संसदीय व्यबस्थाको नाङ्गो नाच प्रदर्शन गरेको भन्दै नेता कार्कीले आपत्ती जनाएका छन्।
यस्तै इमान्दार मिडियासँग टेलिफोन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नरेन्द्र बिकले जनयुद्धको झल्को दिने गरी प्रहरीले बैठक हलमा अचानक छापा हानेर नेता लामालार्इ गिरफ्तार गरेकाे पुष्टी गरे । त्यस्तै आफ्नो संगठनको बैठक बसिरहेका बेला नेता लामालाई गिरप्तार गरेपछि अखिल क्रान्तिकारीले उनलाई तत्काल बिना सर्त रिहा नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
इमान्दार मिडियासँग कुरा गर्दै क्रान्तिकारीका महासचिब दिपेन्द्र चलाउनेले आफुहरुले गर्ने आन्दोलनबाट उत्पन्न हुने अप्रिय परिस्थितिको जिम्मेवार स्वयम् सरकार हुने चेतावनी दिएका छन् ।
हेर्नुस् माइला लामाको यो भिडियो
माइला लामाको खुलासा :’निर्वाचनका लागि भन्दै प्रचण्डलाई करोडौं रुपैयाँ भारतबाट आउंथ्यो’ (भिडियोसहित)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्