
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सञ्चालक, स्वतन्त्र सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता तोकिदिएको छ । राष्ट्र बैंकले तोकेको नियमअनुसार अब वाणिज्य बैंक, विकास बैंक वा फाइनान्स कम्पनीको सञ्चालक हुन चहानेसँग विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा पाँच बर्ष काम गरेको हुनुपर्नेछ । सो योग्यता अपुग भए स्नातक उपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृतस्तरमा कम्तीमा ३ बर्ष काम गरेको हुनुपर्नेछ नियम तोकीएको छ ।
राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार माथि उल्लेखित दुवै योग्यता नभएमा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ । राष्ट्र बैंकले जारी गरेको परिपत्र अनुसार लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा नियुक्त हुन विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृतस्तरमा कम्तीमा तीन बर्ष काम गरेको हुनुपर्नेछ । वा दश जोड दुई वा प्रविणता प्रमाणपत्र तह वा माध्यमिक तह (कक्षा १२ सम्म) उत्तीर्ण गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा दुई बर्ष काम गरेको हुनुपर्नेछ । माथिका दुवै किसिमका योग्यता नभएपनि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरेको भए लघुवित्तको सञ्चालक बन्न योग्यता पुग्नेछ ।
राष्ट्र बैंकले परिपत्र गर्दै सीइओहरुको समेत योग्यता तोकेको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको कार्यकारी प्रमुख बन्न अब व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानून बिषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ ।
सो योग्यतासंगै र्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा दश बर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ । यता, चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा तीन बर्षको कार्य अनुभव हासिल गरेको ब्यक्ति लघुवित्त वित्तीय संस्थाको कार्यकारी प्रमुख बन्न पाउने भएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको स्वतन्त्र सञ्चालकको योग्यता तथा कार्य अनुभव पनि तोकेको छ ।
राष्ट्र बैंकले जारी गरेको यस्तो सर्कुलर संगै आधा दर्जन बढी सीइओहरुको जागिर जाने भएको छ । सिए भएकै भरमा माष्टर्स नगरेका र अनुभव बर्षसमेत नपुगेका करिव आधा दर्जन सीइओहरुको जागिर जाने भएको हो । राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार सिए पास गरेकै भरमा पाएको समकक्षताले मान्यता पाउने छैन । अहिले सिए र बिबिएस पास गरेको खण्डमा मास्टर्सको समकक्षता टियुले दिने गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्