
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को महाप्रबन्धक पदमा नेपाल इन्सुरेन्सबाट ‘इनसाइडर ट्रेडिङ’को आरोपमा निकालिएका इन्सुरेन्सका तत्कालीन सीइओ चन्द्र साउद नियुक्ति हुने पक्कापक्की भएका बेला उनलाई विशाल ग्रुपले आफ्ना केहि सर्तहरु राखी ‘फन्डीङ’ गरेको खुलासा भएको छ । नेप्सेको जीएम पदका लागि डेढ देखि २ करोड बढी घुस खुवाउने बाचा साउदले गरेको चर्चा चलिरहेका बेला उक्त रकम कहाँबाट आयो भन्ने अर्को चर्चा चलिरहेका बेला बिशाल ग्रुपले आफ्नो स्वार्थ्यका लागि उनलाई लगानी गरेको खुलासा भएको छ ।
यस्ता छन् सर्त !
विशेष स्रोतले दिएको जानकारी अनुसार नयाँ एक्सचेन्ज ल्याउने कुरामा सहयोग गर्ने, अहिलेसम्म बिशाल ग्रुपको स्टक ब्रोकर कम्पनी नभएकोमा स्टक ब्रोकर कम्पनी दिने, बिशाल ग्रुपको बजारमा रहेको लगानी बचाउने र परामर्श दिने, लगायतका सर्तहरु बिशाल ग्रुपले राखेको छ भने उनले उक्त सर्त मानिसकेका छन् । ‘विशाल ग्रुपमा अशोक कुमार अग्रवाल, तुलसीराम अग्रवाल, जगदीश प्रसाद अग्रवाल, त्रिलोक चन्द अग्रवाल लगायतका छन् भने यस विषयमा अशोक अग्रवालले डील गरेका छन् । डेढ करोडदेखि २ करोडसम्मको बार्गेनिङ चलिरहेको छ ।’ स्रोतले भन्यो ।
आइतबार फाइनल, सोमबार नियुक्ति !
स्रोतले दिएको जानकारी अनुसार आज अन्तिम ५ जनालाई लिइएको अन्तर्वार्तापछि अन्तिम ३ को नामावली आइतबार तय हुनेछ भने सोमबारको क्याबिनेटले नेप्सेको जीएम नियुक्ति गर्नेछ । अन्तिम समयमा साउदनै नेप्सेको जीएम बन्ने भएपछि बजारमा तत्काल अनलाइन नआउने, बजारमा कालोबजारी बढ्ने र बजारपनि दिगो नहुने अनुमान धेरैको छ । यसो त चन्द्र साउद यसअघि पनि नेपाल इन्सुरेन्समा इन्साइडर ट्रेडिङ गरेको भन्दै नेपाल इन्सुरेन्स् बाट निकालिएका थिए । उनी यसअघि उक्त इन्सुरेन्स कम्पनीको सीइओ भएका थिए । तर प्राइम बैंकमा काम गर्ने एक आफ्ना आफन्तका नाममा सेयर किनेर इन्साइडर ट्रेडिङ गरेको भन्दै उनलाई इन्सुरेन्स कम्पनीले निकालेको थियो । अन्तिम ५ मा आएका अरु, देखाउने र खेलाउने गोटीका रुपमा मात्र प्रयोग भएको चर्चा यतिबेला चल्न थालेको छ ।
छनोट समितिको पूर्वाग्रही काम !
यस्तो त छनोट समितिले समेत पैसाको लोभमा पूर्वाग्रही काम गरेको छ । ‘सकेसम्म छिटो साउदलाई नेप्सेको जीएम बनाएर दशैँ खर्च उठाउने मनसायका साथ छानविन समिति लागी परेको छ ।’ स्रोतले अर्थ सरोकार डटकमसंग भन्यो, ‘अन्तर्वार्ता नै नलिइ प्रिजेन्टेसनलाई नै अन्तर्वार्ताको रुपमा अंक राख्ने चलखेलसमेत भएको थियो । यस विषयमा साउदसंग छलफलसमेत भएको थियो । अरु ४ जनालाई यसबारे थाहा छैन ।’
सीताराम थपलिया नहुने भएपछि आइएमइ ग्रुप तनावमा !
यता सीताराम थपलियाका लागि सकेको गर्ने बाचा गरेको आइएमइ ग्रुप सीताराम थपलिया नेप्सेको जीएम नहुने भएपछि अहिले तनावमा छ । सीताराम थपलियाकालागि साम, नाम दण्ड भेद जे खर्च गर्नुपरे पनि गर्ने भन्ने तयारीमा रहेको आइएमइ ग्रुपभने अन्तिमसमयसम्म थापलियाकै लागि लडीरहेको बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्