- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा विस्फोट भएको छ । प्राप्त जानकारी अनुसार बूढानीलकण्ठमा रहेको घरमा गएराति अज्ञात समूहले विस्फोटक पदार्थ पड्काएको बताइएको छ ।
विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको जनाइएको छ । घटना स्थलमा विद्युतीय तार र अन्य केही बस्तु फेला परेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।