
काठमाडौँ – नेपाल आइडलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । पछिल्लो समय निकै विवादमा आएको उक्त कार्यक्रमले भोटको व्यापार गरेको भन्दै सामाजिक संजालमा व्यापक विरोध भएको थियो। ज्योतिष डा. सुनील सिटौलाले दिएको जानकारी अनुसार हिजो सोमबार नै काठमाडौँ जिल्ला अदालतमा उक्त कार्यक्रम विरुद्ध मुद्धा दर्ता भएको हो ।
करार ऐन २०५६ को दफा ८७ को देहाय १ र २ मा टेकेर आइडल विरुद्ध अधिवक्ता यज्ञमणी न्यौपानेले मुद्धा दायर गरेका हुन् । अदालतले सो मुद्धाको पेशी बुधबारलाई तोकेको छ ।
अर्थ सरोकार डटकमलाई प्रात्पा जानकारी अन्सुआर गत शुक्रबार आइडलका निर्णायकहरुले विशेषाधिकार प्रयोग गरेको भन्दै आम जनताबाट प्राप्त भोटको परिणाम सार्वजनिक नगरेकाले कार्यक्रमका निर्णायकहरुले प्रयोग गरेको अधिकारका विरुद्धमा मुद्धा दर्ता गरिएको न्यौपानेले बताएका छन् ।
यस्तो लेखिएको छ करार एेन २०५६, दफा ८७ काे १ र २ मा
८७. अदालतले आदेश दिन सक्ने: (१) करारको कुनै पक्षले सो करारको प्रकृति अनुसार गर्न नहुने कुनै काम कारबाही वा व्यवहार गर्न लागेको कारणबाट करारको परिपालना सम्भव नहुने भएमा त्यस्तो काम कारबाही वा व्यवहारबाट मर्का पर्ने पक्षले त्यस्तो काम कारबाही वा व्यवहार रोकी पाउने जिल्ला अदालतमा उजुरी दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम उजुरी परेमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सो करारबाट उत्पन्न विवादको समाधान सो करार वा प्रचलित कानून बमोजिम हुने गरी कुनै पक्षलाई निजको कुनै खास काम कारबाही वा व्यवहार तत्काल रोक्ने गरी उपयुक्त आदेश जारी गर्न सक्नेछ ।
यसलार्इ अाधार मान्दा नेपाल अाइडलकाे अगामी यात्रा जिल्ला अदालतकाे निर्णयले तय गर्ने छ।
यस विषयमा नेपाल आइडलका निर्मातासंग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन । हामी थप विवरण लिने प्रयास गरिरहेका छौँ । नेपाल आइडल एपीवान टेलिभिजनमा प्रशारण हुने टेलिभिजन रियालीटी शो हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्