
- अर्थ सरोकार सम्बाददाता
भोजराज जोशीको नाममा सेयर किनेर इन्साइडर ट्रेडिङ ट्रेडिङमा सग्लग्न भएको भन्दै चन्द्र साउद विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आज लगानीकर्ताको एक समूहले उनी विरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको हो । भोजराज जोशीको नाममा सेयर किनिएकाले भोजराज जोशीको सपत्तिमाथि समेत छानविन गरी सत्य तथ्य पत्ता लगाई चन्द्र साउदलाई कारवाही गरी पाउँ भनी लगानीकर्ताको एक समुहले अख्तियार गुहारेको हो । साउद नेप्सेको महाप्रबन्धक बन्ने समेत दौडमा छन् । आयोगमा उजुरी दर्ता नम्बर ५३४९ मार्फत उनीविरुद्ध उजुरी परेको हो ।
के छ उजुरीमा ?
उजुरी गरी फर्किएको समुहले दिएको जानकारी अनुसार उक्त उजुरीमा चन्द्र साउदले भोजराज जोशीलाई प्रयोग गरी कसरी इन्साइडर ट्रेडिङ गरे भन्ने उल्लेख भएको छ । ‘नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कम्पनीमा गैर कानुनी रुपमा इन्साइडर ट्रेडिङ गरी अकुत सम्पत्ति कमाएका छन् । उनले आफ्ना आफन्त भोजराज जोशीको नाममा सेयर किनेका छन् । साथै उक्त सेयर किनेपछि उनले सोहिको बलमा आफ्ना छोरालाई अहिले कम्पनीको संचालक समेत बनाएका छन् । आफु सीइओ हुँदा आफन्तका नाममा सेयर किनाउने र आफुलाई कम्पनीले निकालिदिएपछी आफ्ना छोरालाई कम्पनीको संचालक बनाएर उनले कम्पनीभित्र अन्य धाँदली समेत गर्न खोजेका छन् ।’ उजुरीमा उल्लेख छ ।
भोजराज जोशीको नामा सेयर किनेको बारे छानविन गर्ने हो भने उनको गैरकानुनी इन्साइडर ट्रेडिङ पत्ता लाग्ने दावी समेत उक्त उजुरीमा गरिएको छ । ‘भोजराज जोशीको उक्त सेयर किन्ने सम्पत्तिको स्रोत के हो भनी छानविन गर्ने हो भने सत्य तथ्य बाहिर आउँछ । इन्सुरेन्सको व्यवस्थापनमा रहदै गर्दा कम्पनीको आन्तरिक सुचनाहरु प्रयोग गर्दे आफन्त र आफू ’बेनीफिसियरी’ भएको अर्को व्याक्तिको नाममा शेयरहरु खरिद बिक्री गर्ने काम गर्ने उनको काम भोजराज जोशीका नाममा भएको शेयर खरिद बिक्रि तथा उक्त शेयरहरु खरिद बिक्रिको ’सेटलमेन्ट’को ’अकाउन्ट मुभमेन्ट’को छानविन भएको खण्डमा प्रष्ट हुन्छ । त्यसैले यो छानविन गर्न आवश्यक छ ।’ उजुरीमा उल्लेख छ ।
यता भोजराज जोशीको नाममा निरन्तर शेयर बढ्दै गएको कुरा कम्पनीको बार्षिक प्रतिवेदनबाटसमेत प्रष्ट हुने दावी समेत उक्त उजुरीमा गरिएको छ । ‘भोजराज जोशीको नाममा भएको शेयरको बेनीफिसियरी चन्द्र सिह साउद नै हो भन्ने कुरा हालसालै कम्पनीको बार्षिक साधारणसभाबाट चन्द्र सिह साउदको छोरा सागर सिह साउदलाई संचालक बनाउन प्रयोग भएपछी झन् स्पष्ट भएको छ । सागर सिह साउदको छोराको नाममा शेयर खरिद बिक्रि या त चन्द्र सिह साउद नेपाल ईन्सुरेन्सको उच्च व्यबस्थापन हुँदा वा प्रमुख कार्यकारीबाट निस्केको एक बर्ष नपुग्दै भएको कुरा शेयर कारोबारको विवरण लिदा प्रष्ट हुन्छ । अतः यस्तो गैर कानुनी कामबारे छानविन गरी, सत्य तथ्य पत्ता लगाई, नीज चन्द्र सिंह साउदलाई कारवाहीको दायरामा ल्याईयोस् भनी यो निवेदन पेश परेको छु ।’ उजुरीमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्