×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीएम नियुक्तिमा फोहोरी खेल, छनोट समिति पनि पैसाकै पछि लाग्यो, साउदकै आयो दिन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ भाद्र २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

जीएम नियुक्तिमा फोहोरी खेल, छनोट समिति पनि पैसाकै पछि लाग्यो, साउदकै आयो दिन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेप्सेको जीएम नियुक्तिमा पैसाको ठुलो चलखेल भएको खुलासा भएको छ । अन्तिम ५ मा छनोट भएकाहरुका लागि आज अन्तर्वार्ता भएको थियो । तर अन्तिम समयमा ५ आकांक्षीमध्ये चन्द्र साउद थप घुस खुवाउन तयार भएपछि अन्तिम ३ मा चन्द्र साउदलाई समेत राख्ने र उनलाई नै नेप्सेको जीएम बनाउने खेल भएको स्रोतको दावी छ । आज सीताराम थपलिया, मनोज ज्ञवाली, चन्द्र साउद लगायतका अन्तिम ५ मा परेकाहरुका लागि अन्तर्वार्ता सम्पन्न भएको थियो ।  
भुषण राणालाई प्रयोग गर्दै साउदले गरे दलाली, मन्त्रीलाई छैन पत्तो, सीताराम र साउदको मिलेमतो !
स्रोतका अनुसार चन्द्र साउदले भुषण राणालाई प्रयोग गरेर सम्बन्धित व्यक्तिकहाँ घुस पुर्याउन लागेका छन् । सोको विवरणसहित छनोट समितिलाई समेत छानविन गरी पाउँ भनी आइतबारनै अख्तियारमा उजुरी पर्न लागेको समेत स्रोतले अर्थ सरोकार डटकमलाई जानकारी दिएको छ । ‘सीताराम थपलिया र चन्द्र साउदको मिलेमतो छ । थपलियाले समेत आफु निकटलाई बरु आफ़्नो नाम नै अन्तिम ३ मा नराख्नु तर चन्द्र साउद र आफुमध्ये एक जना हुनुपर्ने भन्दै लविङ गर्दा चन्द्र साउदलाई नै बनाउने गरी पैसाको चलखेल गर्ने निर्णयअनुरुप उनी र उनी निकटहरु लागेका छन् ।’ स्रोत भन्छ, ‘हाम्रालाई भन्दा राम्रालाई छान्नु पर्छ भन्दै अर्थमन्त्रीले मनोज ज्ञवालीलाई नै नेप्सेको महाप्रबन्धक पदमा नियुक्ति दिन इक्षा व्यक्त गरेका थिए । तर छनोट समितिलाई समेत प्रभावमा पारेर भुषण राणामार्फत चन्द्र साउदले पैसाको खोलो बगाएपछी अन्तत उनको नियुक्ति पक्का भएको छ ।  यो कुरा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई पत्तो समेत छैन ।’ यसबारे बुझ्न राणा र साउदलाई सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् भने मनोज ज्ञवालीले तत्काल प्रतिक्रिया दिन उचित नहुने बताएका छन् ।    
घुस खुवाउन नमान्दा पछी परे मनोज ज्ञवाली !
आफु ‘ लगानीकर्ताको हकहितमा काम गर्न जाने’ भएकाले पैसा खुवाएर नेप्सेको जीएम बन्नुको कुनै अर्थ छैन भन्दै घुस खुवाउन नमान्दा मनोज ज्ञवाली पछि परेको स्रोतको दावी छ । ‘मनोज ज्ञवाली नेप्सेको महाप्रबन्धक भएको खण्डमा पूँजी बजारमा धेरै बिकास हुने थियो । तर लगानीकर्तालाई लुटेर खान पल्केका तत्वहरुले गर्दा उनलाई अगाडी आउन दिएनन् भने घुस नै खुवाएर नेप्सेको जीएम बन्ने हैसियत र इक्षा दुवै ज्ञवालीले नराखेपछि उनी पछि परेका हुन् ।’ स्रोतले भन्यो, ‘साउद करोडौं दिन तयार छन्, मनोज ज्ञवालीसंग त्यो हैसियत र इक्षा दुवै छैन । उनी काम गर्ने प्लानको मात्र पछी लागेका छन् । तर नेप्सेको नियुक्तिम पैसाको खोलो बग्न थालेपछि उनी तनावमा छन् ।’ स्रोतले भन्यो ।    स्रोतका अनुसार भुषण राणामार्फत छनोट समितिलाई समेत मोटो रकमको अफर गरिएको छ । 
आइतबार फाइनल, सोमबार नियुक्ति !
स्रोतले दिएको जानकारी अनुसार आज अन्तिम ५ जनालाई लिइएको अन्तर्वार्तापछि अन्तिम ३ को नामावली आइतबार तय हुनेछ भने सोमबारको क्याबिनेटले नेप्सेको जीएम नियुक्ति गर्नेछ । अन्तिम समयमा साउदनै नेप्सेको जीएम बन्ने भएपछि बजारमा तत्काल अनलाइन नआउने, बजारमा कालोबजारी बढ्ने र बजारपनि दिगो नहुने अनुमान धेरैको छ । यसो त चन्द्र साउद यसअघि पनि नेपाल इन्सुरेन्समा इन्साइडर ट्रेडिङ गरेको भन्दै नेपाल इन्सुरेन्स् बाट निकालिएका थिए । उनी यसअघि उक्त इन्सुरेन्स कम्पनीको सीइओ भएका थिए । तर प्राइम बैंकमा काम गर्ने एक आफ्ना आफन्तका नाममा सेयर किनेर इन्साइडर ट्रेडिङ गरेको भन्दै उनलाई इन्सुरेन्स कम्पनीले निकालेको थियो । अन्तिम ५ मा आएका अरु, देखाउने र खेलाउने गोटीका रुपमा मात्र प्रयोग भएको चर्चा यतिबेला चल्न थालेको छ ।        
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: