
टाट पल्टिएका उद्योगी अशोक झुनझुनवालाको उद्योगमा सरकारले सिलबन्दी गरेपछि अनुदानको रकम जग्गाको कारोबारमा लगाएको खुलासा भएको छ । पेसाले जग्गा कारोबारी झुनझुनवालाले कृषि विकास कार्यालय मोरङकोे सिफारिसमा सरकारले अनुदान दिएको चार करोड रकम जग्गा कारोबारमा लगाएको खुलेको हो ।
जग्गाको कारोबारमा पैसा लगानी गरेर सरकारले कित्ताकाट रोकेपछि उनी अहिले उद्योग बन्द गर्ने परिस्थिति सृजना गरिरहेको स्रोतले जानकारी दिएको छ । अनुदानको दुरुपयोग भएको खुलेपछि तीन वर्षअगाडि मात्र सञ्चालनमा आएको उक्त उद्योगलाई अनुदान रकम दिनुपर्छ भनी रायसहित प्रतिवेदन बुझाउने कृषि विकास कार्यालय मोरङका तत्कालीन कार्यालय प्रमुखको सिफारिस पनि विवादमा परेको स्रोतले जानकारी दिएको हो । उनले अनुदानको चार करोड अन्यत्रै लगाएका कारण उद्योग बन्द गर्ने मुडमा रहेको खुलेको छ ।
सरकारबाट जैविक मल उत्पादन गर्ने नाममा विराटनगरका उद्योगपति झुनझुनवालाले जनकपुर फर्टिलाइजर उद्योग सञ्चालनका नाममा अनुदानस्वरुप सरकारबाट चार करोड रुपैयाँ अनुदान पाएका थिए । सरकारबाट चार करोड अनुदान पाएपछि नाममात्रको जनकपुर फर्टिलाइजर नाम दिएर सञ्चालन गरिएको उद्योगमा मेसिन जडानबाहेक अरु केही नभएको पनि खुल्नपुगेको हो । जनकपुर फर्टिलाइजरका सञ्चालक झुनझुनवाला विराटनगरमा बदनाम भइसकेका व्यापारी हुन् । उनले केही समय पहिले पनि अर्का एक उद्योगीसँग मिली पल्पस ब्राण्डको खानेपानी उद्योग पनि सञ्चालन गरेका थिए । तर यो यात्रा झुनझुनवालाको ठगी र अनियमितताका कारण लामो समयसम्म टिक्न सकेन र अहिले उद्योग नै बन्द भएको छ । उद्योग बन्द हुँदा उद्योगले सरकारलाई बुझाउनुपर्ने भ्याट र आयकर रकम दुवै गरी ठूलो राजस्व रकम बुझाउन बाँकी छ । आर्थिक दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्