पेनाङ । मलेसियाको पेनाङ शहरमा सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस जुद्धा ८ जनाको मृत्यु भएको छ । विहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको न्यू स्ट्रेट टाइम्सले जनाएको छ ।
मृत्यु हुनेहरुको नाम खुलाइएको छैन । यसबारेमा अहिलेसम्म क्वालालम्पुरस्थित नेपाली राजदूतावासले कुनै जानकारी दिएको छैन् । मृत्यु हुनेहरू कुन देशका कति नागरिक भन्नेमा अहिलेसम्म मलेसिया प्रहरीले केहि जानकारी दिएको छैन । तर नेपालीहरु पनि परेको भन्दै केहि स्थानीय संचारमाध्यमले समाचार प्रकाशन गरेका छन् । तर प्रहरीले मृतक सवै महिलाहरू रहेको जनाएको छ।