×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड चितवनबाट उठ्दै, बदला लिने भन्दै प्रचण्डलाइ भोट नहाल्न एमाले नेताकै लविङ !

GLOBAL IME BANK

प्रचण्ड चितवनबाट उठ्दै, बदला लिने भन्दै प्रचण्डलाइ भोट नहाल्न एमाले नेताकै लविङ !

२२ आश्विन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बाम एकता भन्दै माओवादी केन्द्र र एमाले मिल्ने सहमति गरिएपनि चितवनमा भने एमाले नेताहरुले नै प्रचण्डलाइ भोट नदिन ‘लविङ’ गरिरहेको खुलासा भएको छ । पार्टीले आन्तरिक कारवाही गर्ने डरले आफ्नो नाम नबताउने सर्तमा चितवनका एक एमाले नेताले अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। 
‘नेता स्तरमा पार्टी मिलेपनि चितवनमा माओवादीप्रति ठुलो वितृष्णा छ जनताको’ उनले भने, ‘हामीलाई माओवादी जिताएर गर्व गर्नु छैन । बरु देवी ज्ञवालीलाइ भएको अन्यायको बदला लिनु छ । यहाँका एमाले कार्यकर्ताले कुनै पनि हालतमा प्रचण्डलाइ भोट हाल्दैनन् ।’ उनले भने ।
प्रचण्डको नामावली भतरपुर महानगर–४ मा भएपनि उनी  चितवन–३ बाट सिफारिस भएका छन् ।  पहिलो संविधानसभामा रोल्पा २ र काठमाडौं १० बाट निर्वाचित उनी दोस्रो संविधानसभामा काठमाडौं १० बाट पराजित र सिरहा ५ बाट निर्वाचित भएका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: