- अर्थ सरोकार पोलिटिकल ब्यूरो
काठमाडौँ- नेकपा एमाले र माओवादी केन्द्रबीच अप्रत्याशित एकीकरण हुने भएको छ । आसन्न दुवै चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत ठाउँबाट उम्मदेवारी दिएर गठवन्धन गर्ने सहमतिसहित पार्टी एकीकरण हुने भएको हो । तयार भएको सहमतिपत्र अनुसार दुवै पार्टीका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्ने छन्चु भने छुनावपछि दुवै पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति पनि जुटेको छ ।
‘अहिले चुनावी तालमेल हुँदै हो । चुनावपछी पार्टी एकीकरण हुनेछ ।’ नेकपा एमालेका एक नेताले अर्थ सरोकार डटकमसँग भने । ‘एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच करिब एक सातादेखि धेरैपटक एक्लाएक्लै भएका छलफलपछि यी विषयमा सहमति जुटेको छ।’ उनले भने ।
यता एमाले सचिव प्रदीप ज्ञवालीले चुनावी तालमेललाई केन्द्रमा राखेर छलफल जारी रहेको बताए। ‘अहिलेलाई चुनावी तालमेलमा केन्द्रित रहेर छलफल भइरहेको छ,’ ज्ञवालीले भने, ‘यो वामपन्थी गठवन्धनका आधारमा चुनाव सम्पन्न भए भोलि स्वाभाविक रूपमा पार्टीलाई एकीकरणतर्फ लैजान बल पुर्याउँछ भन्ने हाम्रो विश्वास छ।’
यता माओवादी नेता नारायणकाजी श्रेष्ठले ‘म्युनिस्ट पार्टीहरूबीच चुनावी तालमेल र ध्रुवीकरण तथा एकीकरणबारे गम्भीर छलफल भइरहेको बताएका छन् । केहि दिनअघि योगेश भट्टराइले सामाजिक संजालमा केहि दिनपछी नेपाली राजनीतिमा नयाँ तरङ्ग आउने बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्