
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सन् नेपाल लाइफ इन्सुरेन्सका सीइओ गैरकानुनी रुपमा पदमा बसीरहेको खुलासा भएको छ । बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन ६५ वर्ष ननाघेको हुनुपर्ने भएपनि ६७ बर्षका कमल राज गौतम सन् नेपाल लाइफ इन्सुरेन्समा सीइओको पदमा बसीरहेका छन् । नियामक निकायलाई समेत आफ्नो प्रभावमा पारेर उनी नियम विपरित कम्पनीको सीइओको कुर्सीमा बसेका हुन् ।
नियम अनुसार बीमामा कर्मचारीको ‘रिटायरमेन्ट’ हुने उमेर ५८ वर्ष छ भने सीईओमा ६५ वर्ष छ । तर ६५ बर्ष उमेर नाघ्दा पनि उनी अझै कुर्सीमा बसीरहँदा पनि नियामक निकाय कानमा तेल हालेर बसेको छ । प्रचलित विमा सम्बन्धी नियम हेर्ने हो भने विमा समितिको निर्देशिका अनुसार अव उनी कुनै पनि इन्सुरेन्स कम्पनीको सीइओ हुन पाउँदैनन् । तर कानुनको धज्जी उडाउँदै उनी सीइओको कुर्सीमा लाज नै पचाएर बसेका छन् ।
विमा समितिको निर्दिशिकाले स्पष्ट रुपमा ६५ बर्षको उमेर हदबन्दी तोकेपनि उक्त निर्देशिकालाई अटेर गर्दै सीइओ हुनेमा कमल राज गौतम एक नम्बरमा पर्छन् भने सञ्चालनमा आउन लागेको सानिमा लाइफ इन्स्योरेन्समा केशवराज केसी दुइ नम्बरमा पर्छन् । उनी पनि ६५ बर्ष काटीसक्दा पनि कम्पनीको कार्यकारी प्रमुख भएर काम गरिरहेका छन् ।
यस विषयमा नियामक निकाय विमा समिती चुप लागेर बसेको छ । हुन त नियम विपरित कुर्सीमा बस्ने यी अटेरी सीइओहरुले विमा समितिका उच्च तहका कर्मचारीहरुलाई समेत आफ्नो प्रभावमा पारेका हुनाले यिनीहरुका बारेमा समिति मौन छ । सीइओ नियम विपरित कुर्सीमा बसेको भन्ने बारे बुझ्न खोज्दा कम्पनीका कोहि पनि यसबारेमा बोल्न नै चाहेनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्