×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीइओको सकस : को कता जाँदैछन् ? कसले कुन बैंक कहिले छोड्दैछन् ?

PRIME CA

सीइओको सकस : को कता जाँदैछन् ? कसले कुन बैंक कहिले छोड्दैछन् ?

२० कार्तिक २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सीइओको कार्यकाल तोकिदिएपछी नेपाली बैंकिङ क्षेत्रमा सीइओहरुको सकस बढेको छ । बैंकबाट राजीनामा दिने, अर्को बैंक जाने वा जानका लागि वातावरण मिलाउन दलाल खटाउने प्रवृति हावी भएको छ । चर्चित भनिएका अनिल शाहदेखि विवादित छविका किशोर महर्जनसम्मको बैंकिङ यात्रामा पछिल्लो समय राम्रै हलचल देखिएको छ ।
यसअघि नै अर्थ सरोकार डटकमले समाचार ब्रेक गरिसकेको छ कि मेगा बैंकबाट अनिल शाहले जागिर छोडेका छन् । संचालक समितिले अर्को कार्यकालको लागि कुनै पनि हालतमा अनिल शाहलाई नदोहोर्याउने बुझेपछि उनी अर्को बैंक खोज्दै हिंडेका थिए । यहि बेला सेन्चुरीका सीइओ अनुजमणि तिमिल्सीना सीइओको पद छोडेर डेपुटी सीइओमा ‘घटुवा’ हुँदै कुमारी बैंक छिरेपछि सेन्चुरीसँग अनिल शाहको सम्झौता भएको थियो । तर नेपाल राष्ट्र बैंकले तोकेको सीइओको तलव सुविधा विपरित सेन्चुरीसँग अनिल शाहको सम्झौता भएको बारे राष्ट्र बैंकले आन्तरिक छानविन गरिरहेको बुझिएको छ । यस कारण अनिल शाह सेन्चुरीमै बस्छन् भन्ने एकिन हुने अवस्था छैन । यता कुमारी बैंकमै पनि अनुजमणिको पदलाई लिएर विवाद सिर्जना भएको बुझिएको छ ।  
मेगाबाट अनिल शाह निस्किएपछी नेपालको पहिलो महिला सीइकोको रुपमा मेगामा अनुपमा खुन्जेलीले मेगाको कमाण्ड सम्हाल्ने भएकी छिन् । हुन त अनिल शाहले छोडेपछि मेगामा अनिल ज्ञवाली आउने चर्चासमेत चलेको थियो । तर हालका लागि नयाँ सीइओसँग कुरा नभएको मेगाका एक संचालकले अर्थ सरोकार डटकमसँग कुरा गर्दै पुष्टी गरेका छन् । ‘हाललाई अरु सीइओ ल्याउने कुरा भएको छैन । अनुपमाजीले नै मेगाको कमाण्ड सम्हाल्नुहुनेछ भन्ने आन्तरिक छलफल भएको छ ।’ ती संचालकले भने । मेगाको सीइओको रुपमा रविना देशराजको कुरा चलेपनि अनुपमा उनीभन्दा सिनियर भएका कारणले अनुपमा नै मेगाको सीइओ हुने भएकी हुन्। 
ग्लोबल आइएमइ बैंक छाडेर हाल बैंकको खोजीमा रहेका अनिल ज्ञवालीले विभिन्न बैंकसँग कुराकानी गरिरहेका छन् । तर उनी नाटकीय ढंगले एक बैंकमा जान लागेका छन् । नेपालको एक चर्चित कमर्सियल बैंकका सीइओले एक महिना अघि नै राजीनामा दिएपनि बोर्डले स्वीकृत गरेको छैन । उक्त राजीनामा बैंकले स्वीकृत गर्ने बित्तिकै अनील ज्ञवाली उक्त बैंक छिर्दैछन् । बोर्डले ती सीइओको राजीनामा स्वीकृत गरेको केहि घण्टाभित्रै अर्थ सरोकार डटकमले यसबारे खबर ब्रेक गर्नेछ ।
यता ग्लोबल आइएमइ बैंक पनि सीइओको खोजीमा रहेको बुझिएको छ । पाएसम्म अर्को सीइओ ल्याउने र राम्रो सीइओ नपाए जनक शर्मालाई नै बैंकको कमाण्ड सम्हाल्न दिने बैंक स्रोतको दावी छ । यता सिभिल छाडेका किशोर महर्जन पनि बैंकको खोजीमा छन् । कमर्सियल बैंकले पत्याउन छोडेपछि उनी राम्रो स्तरको बिकास बैंक खोजेर हिंडीरहेका छन् भन्ने बुझिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: