
भक्तपुर- भक्तपुरमा बाम गठबन्धन टुटेको छ । भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि भक्तपुरमा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेको हो । एमाले चाँगुनारायण नगर समितिका पूर्वअध्यक्ष रमेश बुढाथोकीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । त्यसलगत्तै, माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन टुटेको घोषणा सार्वजनिक गरेको हो ।
एमालेले आइतबारसम्ममा उम्मेदवारी फिर्ता हुने आश्वासन दिएको तर उम्मेदवारी फिर्ता नगरेर माओवादी केन्द्रलाई धोका दिएको जिल्ला सचिवालय सदस्य सुनिल गोठेले दावी गरेका छन् । माओवादी केन्द्रले एमालेले षडयन्त्र गरेको भन्दै गठवन्धन टुटेको घोषणा गरेको हो ।
यता एमाले भक्तपुरले भने गठबन्धन कायमै रहेको दावी गरेको छ। एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले निर्वाचन क्षेत्र नं १ को प्रदेश क मा परेको उम्मेदवारी फिर्ता नभएकै कारण गठबन्धन नटुट्ने बताएका हुन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्