×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नियामकको लापरवाहीको पराकाष्टा : आइक्यानका सिए विद्यार्थीहरु अझै पढ्छन्, ‘नेपाल एकमात्र हिन्दुराज्य हो’

PRIME CA

नियामकको लापरवाहीको पराकाष्टा : आइक्यानका सिए विद्यार्थीहरु अझै पढ्छन्, ‘नेपाल एकमात्र हिन्दुराज्य हो’

१२ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पाठ्यक्रम विकासका नाममा नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा भत्ता पचाउने र कपि पेष्टमात्र गर्ने काम हुँदा संस्थामा चार्टड एकाउन्टेन्सी अध्ययन गर्ने क्याप वानका विद्यार्थीहरुले अझै गलत कुरा पढिरहेका छन् । नेपालमा गणतन्त्रको घोषणा भएर नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको झन्डै एक दशक हुन लागिरहेका बेला आइक्यानले भने आफ्नो पाठ्यक्रममा अझै पनि नेपाल एक मात्र हिन्दु राज्य हो भनी पढाइरहेको छ । संस्थाले वितरण गर्ने क्याप वान तहको मर्कन्टाइल ल एण्ड फण्डामेन्टल इकोनोमिक्स विषयमा यस्तो गलत तथ्य भेटिएको हो । 
यसो त पाठ्यक्रम विकासका नाममा संस्थाले लाखौँ रुपैयाँ खर्च समेत गर्ने गरेको छ । तर पूरानै कन्टेन्टलाई कपि पेष्ट गर्ने, भारतीय बोर्डको सिए संस्था, आइसिएआइका कन्टेन्टहरु हुबहु सार्ने र भत्ता पचाउने काम आइक्यानमा लागेको पूरानो रोग हो । यद्यपी यो आइक्यानले वितरण गर्ने पुस्तकमा भएको पहिलो गल्ती भने होइन । सिए पढाउने संस्था भएपनि संस्थाले वितरण गर्ने पुस्तकहरुमा दर्जनौं ठाउँमा हिसाव नै गलत प्रस्तुत गरिएका छन् ।

जुन २०१६ मा तयार भएको उक्त पुस्तक अझै पनि वितरण भइरहेको छ । जुन २०१६ मै उक्त पुस्तकमा नेपाल धर्मनिरपेक्ष राष्ट्र हो भन्ने उल्लेख हुनुपर्ने थियो । संस्थाले पुस्तकलाइ ‘रिभाइज’ गर्न सिए नविन भण्डारीले महतपूर्ण भूमिका खेलेकोमा धन्यवाद पनि दिएका छन् । तर भण्डारीले आइक्यानको भत्ता मात्र पचाएर झारा टार्ने काम गर्दा विद्यार्थीहरु गलत कुरा पढ्न वाध्य छन् ।     

यता बर्षौ अगाडी देखि यस्ता गलत कुराहरु विद्यार्थीले पढ्दै आएको भएपनि आइक्यान अझै मौन छ । आइक्यानले यस्ता काम सच्याउने नाममा, वा पाठ्यक्रम विकास गर्ने नाममा लाखौँ रुपैयाँ खर्च गरे पनि त्यो बालुवामा पानी खन्याएझैं हुने गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: