Skip to content
LAXMI SUNRISE BANK

उद्योग विभागद्वारा यस्तो डिजाइन भएको ‘लाली’ चाउचाउ बिक्रीमा रोक लगाउने निर्णय !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- केहि समय अघि मात्र नेपाली बजारमा आएको लाली चाउचाउले प्रीती चाउचाउको डिजाइन हुबहु चोरेर बजारमा चाउचाउ विक्री वितरण भएको रिट उपर निर्णय गर्दै उक्त डिजाइनका लाली चाउचाउको विक्रीमा रोक लगाउने निर्णय गरेको छ । 
प्रीती चाउचाउ उत्पादक कम्पनीले लाली चाउचाउ उत्पादक कम्पनीलाई आफ्नो डिजाइन चोरी भएको भन्दै मुद्धा हालेपछि अन्तत उद्योग विभागले सोहि खाले डिजाइन भएका लाली चाउचाउको उक्त डिजाइनमा रोक लगाउन आदेश दिएको हो ।
पछिल्लो समय अरुको ब्राण्ड चोर्ने, नक्कल गर्ने बहानामा अरुका बौद्धिक सम्पत्ति चोरी गर्ने लगायतका हर्कत बढेका छन् । उद्योग विभागको यो निर्णयसँगै बजारमा बदमासी गरिरहेका अन्य कम्पनीहरु पनि सतर्क हुने विश्वास जानकारहरुले लिएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK