×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवराज सिलवाल पीडीतनै सिलवालका प्रतिद्वन्दी ! गुण बहादुर थापाले ललितपुरबाट दिए उम्मेद्वारी !

PRIME CA
GLOBAL IME BANK

नवराज सिलवाल पीडीतनै सिलवालका प्रतिद्वन्दी ! गुण बहादुर थापाले ललितपुरबाट दिए उम्मेद्वारी !

१६ कार्तिक २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • मनोज आत्मीय/ अर्थ सरोकार डटकम 
ललितपुर – ललितपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नवराज सिलवालले मिटर ब्याज लगाएर घर न घाट बनाएका गुण बहादुर थापाले पनि स्वतन्त्र उम्मेदवारको रूपमा ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
यो उम्मेद्वारीसँगै ललितपुरको भिडन्त झन् रोचक बन्ने भएको छ । थापाले ललितपुरबासीको ‘सेन्टीमेन्टल’ भोट समेत पाउने र नवराज सिलवालको धेरै भोट काट्ने अनुमान ललितपुरबासीले गरेका छन् । थापाले मिटरब्याज लगाएर सिलवालले आफुलाई घर न घाटको बनाएको घटना बाहिर ल्याएपछि उनको एकाएक चर्चा भएको थियो । यहि प्रकरणले सिलवाललाई आइजीपी बन्न झन् समस्या भएको थियो । अहिले यी दुवै पात्र एकै ठाउँबाट भिड्न थालेपछि सिलवाल झन् समस्यामा परेका छन् ।
स्मरण रहोस् सिलवाललाई नै आजिपी बनाउनु पर्छ भन्दै लवीङ गर्ने व्यक्तिले  पनि कांग्रेस पार्टीबाट यहि क्षेत्रमा उम्मेद्वारी दिएका छन्  ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: