×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होसियार ! सरकारले अखाद्य पुष्टी गरेको तेलले गरिरहेछ आक्रामक प्रचार, जनताको आँखामा छारो हाल्ने प्रयास !

PRIME CA

होसियार ! सरकारले अखाद्य पुष्टी गरेको तेलले गरिरहेछ आक्रामक प्रचार, जनताको आँखामा छारो हाल्ने प्रयास !

११ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालको नियमनकारी संयन्त्र कति कमजोर छ कि यहाँ सरकारले अखाद्य पुष्टी गरेको तेललाई समेत कसैले रोक लगाउन सक्दैन । त्यसको पछिल्लो उदाहरण हो सनफ्लो तेल । सरकारले यो तेल खाना अयोग्य छ भन्ने पुष्टी गरिसकेपछि पनि देशभरका विभिन्न पसलहरुबाट यो तेल विक्रीमा रोक लगाउने आँट गरेको छैन।   यसले सरकारले तेल कम्पनीसँग मिलेमतो राख्यो भन्ने बुझ्ने गाह्रो छैन । अझ अचम्म कुरा त के छ भने सरकारले अखाद्य पुष्टी गरेको केहि दिन पछी नै तेलले नेपालका टेलिभिजनहरुमा आक्रामक विज्ञापन गर्न थालेको छ । अखाद्य पुष्टी भएको समाचार बाहिरिएपछी जनताको आँखामा छारो हाल्न कम्पनीले यो सम्मको हर्कत गरिरहेको छ ।


यसकारण खाँदै नखानुहोस् सनफ्लो तेल 
केहि समय अगाडी बेन्जन, फेमेली र सनफ्लो तेल अखाद्य रहेको प्रमाणित भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेलको नमुना परीक्षण गर्दा यस्तो भेटिएको हो । बजारमा अखाद्य तेल बेचिराखिएको उजुरीका आधारमा गरिएको अनुगमनका क्रममा यस्तो कैफियत फेला परेको हो । विभागले बेन्जन, शिवशक्ति ब्रान्डको फेमेली, स्वस्तिक ब्राण्डको सनफ्लो, धारा ब्रान्ड, धारा हेल्थ, सिजीको सेफ ब्रान्ड सनफ्लो, अमृत सनफ्लावर, फर्चुन सनफ्लावर, सनफ्लो र शान्ति सोयाबिनको नमुनाहरू संकलन गरी जाँच गरेकोमा बेन्जन, फेमेली र सनफ्लो तेल मापदण्डविपरीत भएको भेटिएको छ ।
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवम् प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार ९ तेलमा परिक्षण गर्दा ३ तेल अखाद्य भएको प्रमाणित भएको हो । ‘९ वटा ब्रान्डको तेल परीक्षण गर्दा ३ वटामा एसिड भ्यालु बढी देखियो । ती उद्योगलाई खाद्य ऐन २०२३ अनुसार कारबाही हुन्छ ।’ उनले भने । उनका अनुसार कैफियत फेला परेका तीन वटा ब्राण्डको तेलमा एसिड भ्यालु ० दशमलव ५ प्रतिशतभन्दा बढी भेटिएको थियो । जुन स्वास्थ्यका लागि हानीकारक हुन्छ । एसिड भ्यालु बढी हुँदा अपचको समस्या हुने, छालामा समस्या देखिने, पाचन प्रक्रियामा समस्या देखिने, मुटुमा असर गर्ने र अन्तत: क्यान्सरसम्म हुने जानकारहरु बताउंछन् ।

कारवाही हुनु त परको कुरा, जनताको आँखामा यसरीसम्म छारो हाल्दैछ सनफ्लो !
बजारमा भेटिएका सबै जसो सनफ्लो ब्राण्डका तेल खाना योग्य छैनन् । यो तेलमा एसिड भ्यालु हुनुपर्ने भन्दा बढी भएकाले यसले हाम्रो स्वास्थ्यमा निकै असर गर्छ । अझ बालबालिकाको त सिधै यसले मुटुमा असर गर्छ ।   तर पैसा र पावर भएपछी जनताको स्वास्थ्यमा जति पनि खेलबाड गर्ने पाइने जसरी सनफ्लो खुलेआम रुपमा विक्री हुँदा पनि सरकार अझै मौन बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस अघि सनफ्लो, व्यंजन र फेमीली तोरीको तेललाई प्रतिबन्ध गर्ने सम्मको धम्की सरकारी अधिकारीहरुले दिएका थिए । तर उनीहरुको मन किन फेरियो होला ? त्यो जनताले पनि अनुमान लगाउन सक्ने कुरा हो ।
   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: