×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी ३ तेल अखाद्य प्रमाणित, एसिड भ्यालु अधिक भएको पुष्टी, प्रयोग गरे क्यान्सरसम्म हुन सक्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

यी ३ तेल अखाद्य प्रमाणित, एसिड भ्यालु अधिक भएको पुष्टी, प्रयोग गरे क्यान्सरसम्म हुन सक्ने !

Artha Sarokar

२३ आश्विन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बेन्जन, फेमेली र सनफ्लो तेल अखाद्य रहेको प्रमाणित भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेलको नमुना परीक्षण गर्दा यस्तो भेटिएको हो । बजारमा अखाद्य तेल बेचिराखिएको उजुरीका आधारमा गरिएको अनुगमनका क्रममा यस्तो कैफियत फेला परेको हो । विभागले बेन्जन, शिवशक्ति ब्रान्डको फेमेली, स्वस्तिक ब्राण्डको सनफ्लो, धारा ब्रान्ड, धारा हेल्थ, सिजीको सेफ ब्रान्ड सनफ्लो, अमृत सनफ्लावर, फर्चुन सनफ्लावर, सनफ्लो र शान्ति सोयाबिनको नमुनाहरू संकलन गरी जाँच गरेकोमा बेन्जन, फेमेली र सनफ्लो तेल मापदण्डविपरीत भएको भेटिएको छ ।
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवम् प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार ९ तेलमा परिक्षण गर्दा ३ तेल अखाद्य भएको प्रमाणित भएको हो । ‘९ वटा ब्रान्डको तेल परीक्षण गर्दा ३ वटामा एसिड भ्यालु बढी देखियो । ती उद्योगलाई खाद्य ऐन २०२३ अनुसार कारबाही हुन्छ ।’ उनले भने । उनका अनुसार कैफियत फेला परेका तीन वटा ब्राण्डको तेलमा एसिड भ्यालु ० दशमलव ५ प्रतिशतभन्दा बढी भेटिएको थियो । जुन स्वास्थ्यका लागि हानीकारक हुन्छ । एसिड भ्यालु बढी हुँदा अपचको समस्या हुने, छालामा समस्या देखिने, पाचन प्रक्रियामा समस्या देखिने र अन्तत: क्यान्सरसम्म हुने जानकारहरु बताउंछन् । 

कारवाही भने फितलो :
यद्यपी यसरी जनस्वास्थ्यमाथि खेलवाड नै हुने गरी तेल बेच्दा पनि यस्तो अखाद्य बस्तु बेच्नेलाई कारवाही भने निकै फितलो हुने गरेको छ । ऐनअनुसार कमसल खाद्य वस्तु बिक्री हुँदा सुरुआतमा एक हजार रुपैयाँ मात्रै जरिवाना छ । पटक–पटक गल्ती गरे १० हजार रुपैयाँसम्म मात्रै जरिवाना हुने प्रावधान छ । यसरी निकै नै फितलो कानुन भएकाले पटक पटक गल्ती गर्ने गरेको फेला परेको छ । यसमा विभागकै कर्मचारीको समेत मिलेमतो हुने गरेको छ । दसैंअघि आपूर्ति विभागले शिवशक्ति ब्रान्डको फेमेली तेल उद्योगमा अनुगमन गरेको थियो । फेमिली तोरी तेलको पेरोक्साइड भ्यालु ११ दशमलव ५३ मिलिइक्वीभेलेन्ट/किलोग्राम फेला परेपछि उक्त उद्योगमा अनुगमन भएको थियो । तोरीको तेलमा पेरोक्साइड भ्यालु १० मिलिइक्विमेलेन्ट/किलोग्रामभन्दा कम हुनुपर्ने खाद्यविज्ञहरू बताउँछन् ।

 यो पनि पढ्नुहोस् :
नेपालमा विक्री हुने पतंजलि तेल ‘अखाद्य’ भएको पुष्टी, ल्याबको रिपोर्टले भन्छ, ‘तेल गुणस्तरहीन छ’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी