
नेपाल पूँजीबजार लगानीकर्ता संघले आन्दोलनको चेतावनी सहितको विज्ञप्ति सार्वजनिक गरेको छ । नेपाल स्टक एक्सचेञ्चले पूर्व निर्धारित समयमा अनलाइन कारोबार प्रणाली संचालनमा नल्याएको भन्दै संघले कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
कमिसन काण्डका कारण अनलाइन ल्याउन ढिलो भएको यथार्थ अर्थ सरोकार डटकमले ब्रेक गरेकै बेला संघले समेत यसमा ठूलो आर्थिक तथा अन्य खालको गम्भीर चलखेल भएको आभाष मिलेको समेत बताएको छ ।नेपाल पूँजी बजार लगानीकर्ता संघले बुधबार विज्ञप्ति जारी गर्दे लाखौं लगानीकर्ताहरुले ब्यग्र प्रतिक्षा गरिरहेको पूर्ण अनलाईन कारोबार प्रणाली तत्काल नल्याउने नेपाल स्टक एक्सचेन्जको निर्णयबाट स्तब्ध भएको बताएको छ ।
नेप्सेले कार्तिक २१, २०७४ बाट पूर्ण अनलाईन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउने भनी आफैँले मिति घोषणा गरी अहिले आएर अनिश्चितकालसम्म ल्याउन नसक्ने घोषणा गरेकोमा संघले खेद प्रकट गरेको छ । “उक्त निर्णयबाट नेपाल स्टक एक्सचेञ्ज पूँजी बजार सुधार तथा बिस्तारका लागि नालायक सावित भएको मात्रै छैन, यसमा ठूलो आर्थिक तथा अन्य खालको गंभीर चलखेल भएको आभाष पनि मिलेको छ ।” संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाल धितोपत्र बोर्डबाट तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन र लगानीकर्ताहरुलाई आश्वस्त पार्न माग गर्दै विज्ञप्तिमा भनिएको छ, नेप्सेलाई तत्काल निजीकरण गर्न वा नयाँ अर्को स्टक एक्सचेञ्ज ल्याएर पूँजी बजार सुधारको काम गर्नु अब अपरिहार्य बनेको छ । अहिलेको यही नालायक नेप्सेको भर पर्ने हो भने नेपालको पूँजीबजार झन् धरासायी बन्ने खतरा छ ।
नेप्से भित्र हुने अनेक चलखेल र दाउपेचको शिकार हामी लगानाीकर्ताहरु अनन्तकालसम्म बन्न कदापी तयार छैनौं भन्दै हामीले शालिन ढंगले उठाएका आवाजहरु समयमै सुनिएन भने कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्